वाहन दुर्घटनामा युवतीको मृत्यु, चालक गम्भीर
वाहन दुर्घटनामा युवतीको मृत्यु, चालक गम्भीर


गान्तोक, 17 अप्रेल (हि.स.)। सिङताम पुलिस थाना क्षेत्र अन्तर्गत साङखोला छेउ केराबारीमा भएको वाहन दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटना वाहन चालक पनि गम्भीर रूपमा घाइते भएका छन्।

पुलिस रिपोर्टका अनुसार, दुर्घटना हिजो राष्ट्रिय राजमार्ग 10 अन्तर्गत साङखोला छेउ केराबारीमा भएको हो। वाहन सडकदेखि लगभग 300 फुट तल झरेको छ। दुर्घटनामा चालक र एक अन्य यात्रीलाई गम्भीर रूपमा चोट लागेको थियो। दुर्घटनाको समय वाहन माझीटारबाट गान्तोक गइरहेको बताइएको छ।

दुर्घटनापछि, स्थानीय मानिसहरूले घाइतेहरूलाई सिङताम जिल्ला अस्पताल पुऱ्याए। प्राथमिक उपचारपछि अनन्या घतानीलाई सीआरएच, तादोङ रेफर गरियो। तर, अस्पतालमा उपचारको क्रममा उनको निधन भयो। 21 वर्षीय मृतक माझीटार, रम्फू निवासी थिइन्। वाहन चालक शिव छेत्रीलाई पनि एसटीएनएम अस्पताल रेफर गरिएको छ।

पुलिसले चाकल विरुद्ध मामिला दर्ता गरेको छ र छानबिन शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande