अमर लामाको पक्षमा तीनधारे महानदी समष्टिका विभिन्न स्थानहरुमा चुनाउ प्रचार
अमर लामाको पक्षमा तीनधारे महानदी समष्टिका विभिन्न स्थानहरुमा चुनाउ प्रचार


तीनधारे, 17 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा उम्मेदवार अमर लामाको पक्षमा आज तीनधारे महानदी समष्टिका विभिन्न स्थानहरुमा चुनाउ प्रचार गरिएको छ। उक्त चुनाउ प्रचार बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छे र तीनधारे महानदी समष्टिका पदाधिकारीहरुद्वारा गरिएको छ।

रिम्पोर्छेको साथमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, भागोप्रमोको तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ लगायत अन्यहरू उपस्थित थिए।

टोलीले समष्टिका सिविटार, सिमरिङ, शिवखोला, सिपाहीधुरा, तीनधारे आदि क्षेत्रमा चुनाउ प्रचार गरेको बताइएको छ। बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले विभिन्न स्थानहरुमा बौद्ध गुम्बा लगायत धार्मिक स्थानहरूमा स्थानीयहरुसॅंग भेटघाट गर्नुका साथै यसपालीको चुनाउमा भागोप्रमो उम्मेद्वार अमर लामालाई भारी मतले विजय बनाउन आह्वान् गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande