
खरसाङ, 17 अप्रेल (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत निर्मल साथी र निर्मल बन्धुहरूलाई लिएर आज खरसाङ शहरमा सरसफाई अभियान सम्पन्न गरिएको छ। सर सफाई अभियानमा खरसाङ नगरपालिकाका 21 जना निर्मल साथीहरु, 63 जना निर्मल बन्धुहरु लगायत खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान, सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बा, सुपर भाइजरहरू, सफाई कर्मचारीहरु उपस्थिति रहेका थिए।
यस अभियान अन्तर्गत खरसाङ बजारका विभिन्न मार्ग र गल्लीहरुमा सर सफाई गरियो। साथै, विभिन्न स्थानहरुमा रहेका मैलाहरु उठाउने कार्य गरियो र मानिसहरूलाई सर सफाईबारे सचेत पनि गराइयो। खरसाङ बजारका दोकानेहरु र स्थानीयहरुलाई मैला जताभावी नफ्याक्न र मैलाहरू बोरातिर हालेर दोकान अघि राखिदिन अनुरोध गरियो।
मानिसहरू गुटका, सिगरेटहरु खाएर जताभावी नफ्याकिदिन अनुरोध पनि गरियो। खरसाङ बजारलाई सफा र स्वच्छ राख्ने कार्य निर्मल साथी र निर्मल बन्धुहरूको मात्र दायित्व नभएर स्थानीयहरुको दायित्व रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक