
तीनधारे, 17 अप्रेल (हि.स.)। महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको गुम्बाडाँडा निवासी पिता दिपेस थापा र माता शर्मिला छेत्रीका सुपुत्र साईदिप थापाले यसपालीको सीबीएसईको दशौँ श्रेणीको परीक्षा उत्कृष्ट अंकका उत्तीण गर्दै आफ्नो परिवार साथै गाउँ ठाउँलाई गौरवान्वित बनाएका छन्। साईदिप थापाले सीबीएसईको दशौँ श्रेणीको परीक्षामा 90.4 अंक ल्याएर उत्तीर्ण गरेका छन्।
उनी दिल्ली पब्लिक स्कूल सिलगढीका विद्यार्थी हुन्। उनले अंग्रेजी विषयमा 95, नेपालीमा 81, गणितमा 88, विज्ञानमा 81, सोसियल साइन्समा 94 र आर्टिफिसियल इन्टिलिजेन्टमा 94 अंक प्राप्त गरेका छन्। साईदिपले एघारौँ श्रेणीको पढाई विज्ञान विषय लिएर दिल्ली पब्लिक स्कूलमा नै शुरु गरेको उनका पिता आशिष थापाले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक