दार्जिलिङमा टोय ट्रेनको माध्यमबाट भोट जागरूकता अभियान
दार्जिलिङमा टोय ट्रेनको माध्यमबाट भोट जागरूकता अभियान


दार्जिलिङ, 18 अप्रेल (हि.स.)। पहाड़ी क्षेत्रमा मतदानप्रति जागरूकता बढ़ाउने उद्देश्यले अनौठो पहल गरेको देखियो। निर्वाचन आयोग तथा दार्जिलिङ हिमालयन रेलवे (डीएचआर) को संयुक्त पहलमा यूनेस्को हेरिटेज दार्जिलिङमा टोय ट्रेनलाई भोटर जागरूकता अभियानको लागि चयन गरिएको छ।

यस अभियान अन्तर्गत दार्जिलिङ स्टेशनबाट विशेष रूपमा सजाइएको एउटा टोय ट्रेनलाई प्रस्थान गराइयो जसको उद्देश्य थियो, “कोही पनि मतदाता लोकतन्त्रको यस पर्वदेखि वञ्चित नरहोस्।” ‘सिस्टम्याटिक भोटर्स एजुकेशन एण्ड इलेक्टोरल पार्टिसिपेशन’ (एसवीईपी) कार्यक्रम अन्तर्गत आयोजित यस पहलमा जिल्ला प्रशासनले पनि सहयोग गऱ्यो।

यस अवधि स्टेशन परिसरमा रंगारंग माहोल देखियो। विद्यार्थीहरू स्कूल यूनिफर्म छोड़ेर पारम्परिक परिधानहरूमा सजिएको देखियो तथा स्थानीय पारम्परिक नृत्यको माध्यमबाट अतिथिहरूलाई स्वागत गरियो। ट्रेनको एउटा कोचलाई भीआईपीहरूको लागि राखियो भने अन्य सबै ओपन थियो जसमा विद्यार्थी, कलाकार तथा आम मानिसहरू सामेल भए।

नृत्य, संगीत औ सम्बोधनको माध्यमबाट मानिसहरूलाई मतदानको महत्व बारे जागरूक गराइयो। जिल्ला चुनाउ कार्यालयद्वारा बताइए अनुसार लोकतान्त्रिक व्यवस्थामा हरेक भोटको भूमिका अहम हुन्छ र यसै सन्देशलाई समाजको हरेक वर्गसम्म पुऱ्याउनको लागि यो पहल गरिएको हो।

डीएचआरका डिभीजनल अपरेटिंग म्यानेजर सुमित जायसवाल र दार्जीलिङ स्टेशन मास्टर सुमन प्रधानले आशा व्यक्त गरे, आगामी 23 अप्रेलको दिन पहाड़का सबै मतदाताहरूले आफ्नो मताधिकाको प्रयोग गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande