गोली उपहार मामिलामा एएपीबीएन जवान पक्राउ
गोली उपहार मामिलामा एएपीबीएन जवान पक्राउ


इटानगर, 18 अप्रेल (हि.स.)। अरुणाचल प्रदेशको राजधानी इटानगरमा पुलिसले एएपीबीएन (अरुणाचल आर्म्ड पुलिस बटालियन)- का एक जना जवानलाई कथित रूपमा 9एमएमको जिउँदो गोली उपहार दिएको मामिलामा एफआईआर दर्ता भएको केही घण्टाभित्रमा पक्राउ गऱ्यो।

पुलिस अनुसार यो मामिला त्यसबेला प्रकाशमा आयो जतिबेला एउटा भीडियो सोशल मीडियामा द्रूत गतिमा भाइरल भयो जसमा एकजना व्यक्तिलाई एन्टी-ड्रग्स वरियर एनजीओका सदस्य गुमिन मिजेलाई जिउँदो गोली दिँदै गरेको देखिएको छ। भीडियो प्रसार भएपछि मामिलाले गम्भीर रूप धारण गऱ्यो, त्यसपछि पुलिसले तत्काल कारबाही शुरू गऱ्यो।

सिकायत प्राप्त भएपछि एसडीपीओ इटानगर चेड़ा साबनको नेतृत्वमा चिम्पू थाना प्रभारी निरीक्षक एन निशान्त र उपनिरीक्षक सञ्जीत झाको टीमले आरोपीलाई पक्राउ गर्नको लागि संयुक्त अभियान संचालन गऱ्यो।

तकनीकी निगरानी र फिल्ड स्तरमा भएको समन्वयको आधारमा पुलिसले एफआईआर दर्ता भएको चार घण्टाभित्रै आरोपीलाई पकराउ गऱ्यो। यो सम्पूर्ण कारबाही इटानगर क्यापिटल रीजनका पुलिस अधीक्षक जुम्मर बसरको पर्यवेक्षणमा गरिएको थियो।

पक्रा पर्ने आरोपीको पहिचान एएपीबीएनका कन्स्टेबल नगेलोंग नगेमूको रूपमा भएको छ जसमाथि भारतीय न्याय संहिताको धारा 351(2) तथा आर्म्स एक्टको धारा 25(1)(ए) अन्तर्गत मामिला दर्ता गरिएको छ।

पुलिसले बतायो, आरोपी हाल हिरासतमै छ भने मामिलाको विस्तृत जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande