
चिरांग (असम), 18 अप्रेल (हि.स.)। असमको चिरांग जिल्लामा भुटान सीमाको छेवैमा अवस्थित रुनिखाटा वन सममण्डल कार्यालयमा गए शुक्रवार भएको हिंसक घटनाको सिलसिलामा पुलिसले 15 जना मानिसहरूलाई पक्राउ गरेको छ। अधिकारीहरूले शनिवार उक्त आशयको जानकारी गराए।
बताइएको छ, वन कार्यालयमा भएको यस घटनापछि स्थितिलाई नियन्त्रण गर्नको लागि सुरक्षा बलहरूलाई तैनाथ गरिएको थियो। मामिलाको जाँच जारी छ। घटनामा सामेल अन्य मानिसहरूलाई चिन्हित गर्ने प्रयास गरिँदैछ।
यसबीच बोडोल्याम्ड टेरिटोरियल काउन्सिल (बीटीसी)- का प्रमुख हग्रामा महिलारीले घटनास्थलको भ्रमण गरी स्थितिको जायजा लिने कुरा गरेका छन्। उनले भनेका छन्, यस मामिलामा विस्तृत रिपोर्ट मागिएको छ जसलाई सोमवारसम्म पेश गर्ने निर्देश दिइएको छ।
प्रशासनले क्षेत्रमा कानून-व्यवस्थालाई कायम राख्नको लागाि निगरानी बढ़ाएको छ। रिपोर्टको आधारमा अग्रिम कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा