
तिनसुकिया (असम), 18 अप्रेल (हि.स.)। राज्यभरि नै रंगाली बिहूको उल्लासपूर्ण माहोलबीच तिनसुकियाको लखिपथार वनक्षेत्रमा एउटा अचम्भको घटना घटेको छ। अवैध शिकारीहरूले एउटा जिउँदो घर पालुवा हात्तीको दुवै दाँत काटे। यस घटनालाई लिएर क्षेत्रमा व्यापक रोष व्याप्त भएको छ।
घटनाको सम्बन्धमा हात्तीका महावत अनुसार मार्घेरिटाका सोनजय दोवानिया नामकक व्यक्तिको स्वामित्वमा मंगल सिह नामक हात्तीलाई चराउनको लागि वन विभागलाई सूचित गरी लकिपथार वन क्षेत्रमा राखिएको थियो। अन्य दिन सरह गत 14 अप्रेलको साँझ पनि हात्तीलाई निर्दिष्ट स्थानमा बाँधेर महावत आफ्नो घरमा गए। दोस्रो दिन अर्थात 15 अप्रेलको बिहान बाँधेको स्थानमा हात्ती देखिएन। त्यसपछि यस सम्बन्धमा सिकायत दर्ता गरियो।
महावत अनुसार हात्ती पहिला पनि आफ्नो बन्धनदेखि मुक्त भएर वरपरका क्षेत्रहरूमा घुम्न जान्थ्यो, यस्तै भएको होला भनेर उसले हात्तीलाई चारैतिर खोज्यो। घण्टौंपछि जंगलको बीचमा अत्यन्त कमजोर स्थितिमा हात्तीलाई भेटियो। हात्तीका दुवै दाँत काटिएको थियो जसले गर्दा हात्ती गहिरो पीड़ामा छटपटिरहेको थियो। यसबीच घटना बारे वन विभगलाई जानकारी गराएर हात्तीको उपचार गर्न शुरू गरिएको छ।
दुष्कर्मीहरूको निर्दयता पूर्वक जीवित हात्तीका दुवै दाँत काट्ने कृत्यको सबैले निन्दा गरेका छन्। प्रकृति प्रेमीहरूले भनेका छन्, यसलाई मानवताको पतन भन्न सकिन्छ। पुलिस सूत्रले आज बताएको छ, वन विभाग र पुलिस घटनालाई परिणाम दिने अवैध शिकारीहरूको खोजीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा