तेस्रो पटक भाजपाको नेतृत्वमा गठन हुनेछ सरकारः दिलीप सैकिया
तेस्रो पटक भाजपाको नेतृत्वमा गठन हुनेछ सरकारः दिलीप सैकिया


गुवाहाटी, 18 अप्रेल (हि.स.)। असम प्रदेश भाजपाका अध्यक्ष दिलीप सैकियाले विश्वास व्यक्त गरेका छन्, भाजपा नेतृत्वाधिन गठबन्धनले राज्यमा लगातार तेस्रो पटक सरकार बनाउनेछ। उनले दाबी गरे, गठबन्धनलाई 90 वटाभन्दा कम सीट प्राप्त हुनेछैन।

उनले सोशल मीडियामा आज जारी एक सन्देशमा भने, आगामी 4 मईमा घोषणा भइरहेको चुनाउ परिणाम भाजपा गठबन्दनको पक्षमा ऐतिहासिक हुनेछ। सैकियाले यो पनि संकेत दिए, सीटहरूको संख्या ट्रिपल डिजिटसम्म पुग्नसक्छ।

प्रदेश अध्यक्षले यस सम्भावित सफलताको श्रेय महिला, युवा तथा समाजका सबै वर्गद्वारा गठबन्दनको पक्षमा खसालिएको एकतर्फी मतदानलाई दिए। उनले भने, एनडीएलाई यसपालि ऐतिहासिक जीत हासिल हुनेछ र सीटहरूको संख्या 90 भन्दा कम हुनेछैन जबकि 100 भन्दा अधिक पनि हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande