मुख्यमन्त्रीले आरके आश्रम मार्ग मेट्रो स्टेशनमा भइरहेको निर्माण कार्यको निरीक्षण गरिन्
मुख्यमन्त्रीले आरके आश्रम मार्ग मेट्रो स्टेशनमा भइरहेको निर्माण कार्यको निरीक्षण गरिन्


नयाँ दिल्ली, 18 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज मेट्रो फेज- 4 अन्तर्गत आरके आश्रम मार्ग मेट्रो स्टेशनमा भइरहेको निर्माण कार्यको निरीक्षण गरिन्। उनले यस अवधि दिल्ली मेट्रो रेल निगम (डीएमआरसी)- ले गरिरहेका कार्यहरूको विस्तृत समीक्षा गरिन्।

मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गरिन्, मेट्रो दिल्लीको जीवनरेखा हो। दिनहुँ लाखौं यात्रीहरूले यसमा यात्रा गर्दछन्, त्यसैले हरेक कार्यको गुणस्तर, सुरक्षा एवं समय-सीमामाथि विशेष बल दिइँदैछ। उनले डीएमआरसीका अदिकारीहरूसित प्रगतिको स्थिति, निर्माणको गुणस्तर तथा यात्री सुविधाहरूलाई उत्कृष्ट बनाउनेमाथि विस्तार पूर्वक चर्चा गरिन्। अधिकारीहरूलाई निर्देश दिइन्, कार्यमा गति एवं पारदर्शिता कायम रहोस् साथै यात्रीहरूलाई कुनै पनि प्रकारको असुविधा नहोस्।

मुख्यमन्त्रीले भनिन्, दिल्लीको बढ़दो आवश्यकता अनुरूप मजबुत तथा आधुनिक कनेक्टिभिटी तयार गर्नु हाम्रो प्राथमिकता हो। विकसित दिल्ली निर्माण गर्ने दिशा तर्फ यो एउटा महत्वपूर्ण कदम हो।

उल्लेखनीय छ, दिल्ली सरकारले मेट्रो फेज-4 का तीन वटा नयाँ कोरिडोर (लाजपत नगर-साकेत, इन्द्रलोक-इन्द्रप्रस्थ, रिठाला-कुण्डली)- को लागि 3,386.18 कड़ोर रुपियाँको फण्ड जारी गरेको छ। यी परियोजनाहरूको अनुमानित लागत लगभग 14,630.80 कड़ोर रुपियाँ रहेको छ भने यसको लक्ष्य आगामी 4 वर्षभित्रमा 47.22 किमीको नेटवर्क पूरा गर्नु रहेको छ। यी कोरिडोरहरूबाट उत्तर, मध्य औ दक्षिणी दिल्लीले उत्कृष्ट कनेक्टिभिटी पाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande