
पूर्व मेदिनीपुर, 17 अप्रेल(हि. स.)। विधानसभा चुनाउअघि पूर्व मेदिनीपुर जिल्लाको तमलुक क्षेत्रमा पुलिसको नाका चेकिंग लगभग एक कड़ोर रुपियाँ नगद जफत गरिएको घटनापछि क्षेत्रमा खैलाबैला मचियो।
जानकारी अनुसार गए शुक्रवार अबेर साँझ केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआईएसएफ)- का जवानहरूले तमलुक थानाको निकाशी बजार क्षेत्रमा नाका चेकिंग गरिरहेका थिए। यसै अवधि अधिकारीहरूले एउटा निजी कारलाई रोकेर जाँच गऱे जसमा वाहनभित्र राखिएको प्रचुर रुपियाँलाई जफत गरियो।
कारमा सवार दुईजना मानिसहरूले आफूलाई ब्यांक कर्मचारी बताउँदै दाबी गरे, उक्त रुपियाँ तमलुक-घाटल केन्द्रिय सहकारी ब्यांकको हो। उनीहरूले आफ्नो पहिचान पत्र पनि देखाए, तर घटनास्थलमा पैसासित सम्बन्धित आवश्यक दस्तावेज र स्पष्ट हिसाब पेश गर्न सकेनन्।
घटनाको सूचना पाउनसाथ ब्यांकका अध्यक्ष तथा अन्य वरिष्ठ अधिकारीहरूले घटनास्थलमा पुगेर दस्तावेज देखाए। तथापि प्रशासनको भनाइ छ, पर्याप्त प्रमाण नपाइएको कारणले हाल उक्त पैसालाई जफत गरिएको छ।
विधानसभा चुनाउपूर्व यति धेरै रुपियाँ पाइएको यस घटनालाई लिएर चुनाउ आयोग र पुलिसले यो पत्तो लगाइरहेको छ, यसको पछाड़ि कुनै अन्य उद्देश्यत छैन। हाल सम्पूर्ण मामिलाको जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा