तृणमूल त्यागी भाजपामा सामेल भए 23 जना कार्यकर्ता
तृणमूल त्यागी भाजपामा सामेल भए 23 जना कार्यकर्ता


मेदनीपुर, 17 अप्रेल (हि.स.)। पश्चिम बंगालको डेबरा क्षेत्रमा राजनीतिक गतिविधि तीव्र भएको छ। यहाँ सत्ताधारी तृणमूल कंग्रेसलाई झट्का दिँदै 23 जना कार्यकर्ताहरूले शनिवार बिहान भारतीय जनता पार्टी (भाजपा)-को झण्डा समाते। सबै कार्यकर्ताहरूले भाजपा जिल्ला अध्यक्ष तन्मय दासको नेतृत्वमा औपचारिक रूपमा भाजपाको सदस्यता ग्रहण गरे।

जानकारी अनुसार डेबरामा आयोजित एक पार्टी कार्यक्रममा यी कार्यकर्ताहरूलाई भाजपाको झण्डा प्रदान गरी पार्टीमा सामेल गरियो। यस अवसरमा जिल्ला अध्यक्ष तन्मय दासले भने, राज्यको वर्तमान राजनीतिक परिस्थितिबाट आम कार्यकर्ताहरूको असन्तोष बढ़िरहेको छ जसले गर्दा यिनीहरूले भाजपाको विचारधारासित जोड़िने निर्णय लिएका हुन्।

भाजपा नेताहरूको दाबी छ, आगामी दिनमा अन्य मानिसहरू पनि तृणमूल छोड़ेर भाजपामा सामेल हुन सक्नेछन्। उनीहरूको भनाइ छ, राज्यमा परिवर्तनको चाहनाले गर्दा धरातलीय स्तरमा पार्टीको समर्थन लगातार बढ़्दै गइरहेको छ।

यता तृणमूल कंग्रेसले यस घटनाक्रमलाी अधिक महत्व दिन अस्वीकार गरेको छ। पार्टी नेताहरूको भनाइ छ, पार्टी छोड़ेर जानेहरू सक्रिय कार्यकर्ता थिएनन्। यसबाट संगठनलाई कुनै विशेष प्रभाव पर्नेवाला छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande