
गुवाहाटी, 18 अप्रेल (हि.स.)। भारतीय सेनाको रेड हर्न्स डिभीजन, गजराज कोरको तत्वावधानमा शनिवार आईआईटी गुवाहाटीमा संयुक्त बाढ़ी राहत अभ्यास ‘एक्सरसाइज जल राहत’- को आयोजन गरियो। यस अभ्यासमा विभिन्न एजेन्सीहरूबीच समन्वय तथा आपदाको सामना गर्ने तयारीहरूको प्रदर्शन गरियो।
यस संयुक्त अभ्यासमा सेनाका बाढ़ राहत दलहरू सहित एनडीआरएफ, एसडीआरएफ औ एसएसबीले भाग लिए। अभ्यासमा बाढ़ी राहत अभियानहरूको कार्यप्रणाली, विभिन्न एजेन्सीहरूको भूमिका तथा उन्नत तकनिक र नवाचारहरूको उपयोगलाई प्रदर्शित गरियो।
अभ्यासको उद्देश्य भीषण बाढ़ी आएको स्थितिमा तत्काल प्रतिक्रिया क्षमतालाई अझ् बलियो बनाउनु थियो। यसमा वास्तविक परिस्थितिहरूलाई अनुकरम गर्दै बचाउ अभियान, ड्रोनको माध्यमबाट निगरानी, फसेका मानिसहरूलाई राहत सामग्री पुऱ्याउनु तता डुबेका मानिसहरूलाई सुरक्षित निकाल्नु जस्ता कार्यहरू प्रदर्शन गरियो। यस अतिरिक्त सेना, एनडीआरएफ र एसडीआरएफका विशेषज्ञ टीमहरूले गहिरो पानीमा संचालन गरिने बचाउ अभियान प्रदर्शन गरेर देखाए।
यस अवसरमा सेना, राज्य प्रशासन, एसएसबी, सीएपीएफ औ आपदा प्रबन्धनसित सम्बन्धित वरिष्ठ अधिकारीहरू उपस्थित थिए। कार्यक्रमलाई लगभग 8 सय जना मानिसहरूले हेरे जसमा एनसीसी र एनएसएस क्याडेट्स तथा विभिन्न स्कूल एवं कलेजहरूका विद्यार्थीहरू सामेल छन्।
गजराज कोरका जनरल अफिसर कमाण्डिंग लेफ्टिनेन्ट जनरल नीरज शुक्लाले बाढ़ी राहत दलहरूको तयारीको निरीक्षण पनि गरे। उनले आफ्नो सम्बोधनमा आपदा प्रबन्धनमा ‘समाजको समग्र सहभागिता’-माथि बल दिँदै “प्रिडिक्ट, प्रिपेयर, प्रोटेक्ट एवं प्रोभाइड”- को सिद्धान्तलाई अप्नाउने आह्वान गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा