मतदाताहरूमा भरोसा बढ़ाउनको लागि झाड़ग्राम जिल्ला प्रशासन मैदानमा उत्रियो
मतदाताहरूमा भरोसा बढ़ाउनको लागि झाड़ग्राम जिल्ला प्रशासन मैदानमा उत्रियो


झाड़ग्राम, 18 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 लाई शान्तिपूर्ण, निष्पक्ष औ भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासनले संवेदनशील क्षेत्रहरूको भ्रमण गऱ्यो। गए शुक्रवार साँझ झाड़ग्रामकी जिल्लाधिकारी आकांक्षा भास्कर औ पुलिस अधीक्षक मानव सिंगलाले अन्य वरिष्ठ अधिकारीहरूको साथमा जिल्लाका ती सबै स्थानहरूको निरीक्षण गरे जहाँ पछिल्लो चुनाउमा अशान्ति वा तनाउ भएको थियो।

प्रशासनिक अधिकारीहरूले विभिन्न संवेदनशील औ अतिसंवेदनशील क्षेत्रहरूको दौड़ाह गरी स्थानीय मानिसहरूसित बातचित गरे। यस अवदि मानिसहरूलाई आश्वस्त पारियो, आगामी चुनाउमा कुनै पनि प्रकारको गड़बड़ीलाई सहन गरिनेछैन। हरेक मतदाताले निर्भय भएर मतदान गर्ने अवसर पाउनेछ।

जिल्ला प्रशासनले बतायो, यो दौड़ा जनताबीच विश्वास कायम गर्न तथा चुनाउ प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र अनि निष्पक्ष बनाउने उद्देश्यले गरिएको हो। अधिकारीहरूले भने, चुनाउलाई लिएर सुरक्षाको व्यापक प्रबन्ध गरिंदैछ भने संवदनशील क्षेत्रहरूमा विशेष नजर राखिंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande