
तेंगनौपाल (मणिपुर), 18 अप्रेल (हि.स.)। मणिपुरमा गए शुक्रवार सुरक्षा बलहरूले ठूलो सफलता हात पार्दै प्रतिबन्धित उग्रवादी संगठन केवाईकेएल (सोरेपा)- का एकजना सक्रिय सदस्यलाई भारत-म्यान्मार सीमाको छेउवाट पक्राउ गरे।
पक्रा पर्ने उग्रवादीको पहिचान फांजौबाम मुहिन्द्रोको रूपमा भएको छ जो इम्फाल पूर्व जिल्लाको एण्ड्रो नम्बर-3 खुमान लैकाई निवासी रहेको बताइएको छ जसलाई तेंगनौपाल जिल्लाको मोरेह थाना क्षेत्र अन्तर्गत भारत-म्यान्मार फ्रेण्डशिप ब्रिज निकट बोर्डर पिलर 76 र 77-को बीचमा अवस्थित क्षेत्रबाट पक्राउ गरिएको हो।
सुरक्षा बलहरूले आरोपीबाट दुई वटा मोबाइल फोन र 20,500 क्यात (म्यान्मारको मुद्रा) जफत गरेका छन्। ज्ञात रहोस्, सुरक्षा बलहरूले गत बिहीवार पनि यसै क्षेत्रबाट क्यात जफत गरेका थिए।
पक्रा पर्ने उग्रवादी सहित जफत गरिएका सामग्रीहरूलाई अग्रिम जाँच तथा कानूनी कारबाहीको लागि सम्बन्धित अधिकारीहरूलाई सुम्पिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा