डा. राज कुमार थापाको धरोहरप्रति समर्पित स्मारक संग्रहालय र पुस्तकालयको उपराज्यपालले गरे उद्घाटन
डा. राज कुमार थापाको धरोहरप्रति समर्पित स्मारक संग्रहालय र पुस्तकालयको उपराज्यपालले गरे उद्घाटन


जम्मू, 18 अप्रेल (हि.स.)। उपराज्यपाल मनोज सिन्हाले शनिवार ज म्मू-कश्मीरको राजौरी जिल्लामा अतिरिक्त जिल्ला विकास आयुक्त डा. राज कुमार थापाको धरोहरप्रति समर्पित स्मारक संग्रहालय एवं पुस्तकालयको उद्घाटन गरे। थापाको पछिल्लो वर्ष 10 मईमा निधन भएको थियो जतिबेला अपरेशन सिन्दूर अन्तर्गत गरिएको अकारण फायरिंगमा एउटा पाकिस्तनी तोपको गोला सीमावर्ती जिल्लास्थित उनको आवासीय क्वार्टरमा झरेको थियो। उनको परिवारमा उनकी पत्नी जो एक जना डाक्टर हुन् तथा दुई जना नानीहरू छन्।

एक जना आधिकारिक प्रवक्ताले बताए, श्रद्धाञ्जली अर्पण गर्दै उपराज्यपालले थापाको निःस्वार्थ सेवा अनि जनकल्याणप्रति अटुट प्रतिबद्धतालाई स्मरण गरे। उनले भने, यो स्मारक भावी पिँढ़ीको लागि प्रेरणाको श्रोत बन्नेछ। यस अवसरमा थापाको जीवन तथा सेवामाथि आधारित एउटा वृत्तचित्र पनि प्रदर्शन गरियो। कार्यक्रममा थापाका परिवारका सदस्यहरू लगायत सुरक्षा बल, पुलिस अनि नागरिक प्रशासनका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

जम्मू-कश्मीर प्रशासनिक सेवा (जेकेएएस)- को 2001 ब्याचका अधिकारी थापा (54) आफ्नो पेशागत निष्ठा र ज नहितैषी दृष्टिकोणका लागि व्यापक रूपमा सम्मानित थिए। उनलाई पछिल्लो वर्षको मार्च महिनामा राजौरीमा एडीडीसीको रूपमा तैनाथ गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande