रंगाली बिहूको पाँचौं दिन मनाइँदैछ नांगल बिहू
रंगाली बिहूको पाँचौं दिन मनाइँदैछ नांगल बिहू


गुवाहाटी, 18 अप्रेल (हि.स.)। आज रंगाली बिहूको पाँचौं दिन नांगल (हल) बिहू सम्पूर्ण असममा पारम्परिक श्रद्धा पूर्वक मनाइँदैछ। यस दिनलाई वैशाख महिनाको पाँचौ दिनको रूपमा मनाइन्छ भने ‘सात बिहू’ -को पाँचौं दिनको रूपमा यसको विशेष महत्व छ। यो पर्व मुख्य रूपमा कृषि कार्यसित सम्बन्धित रहेकोले कृषक समुदायद्वारा यसलाई विशेष रूपमा मनाइन्छ।

यस अवसरमा कृषकहरूले आज बिहान आफ्ना कृषि उपकरणहरू जस्तै हलो, जोहा तथा अन्य औजारहरूलाई सफा गरेर धूप-दीपले पूजा-अर्चना गरे। यो परम्परालाई आगामी कृषि सत्रको लागि समृद्धि एवं फसल सप्रिने कामनाको प्रतीक मानिन्छ।

नांगल बिहूले असमको कृषक जीवनमा विशेष महत्व राख्दछ। बहाग बिहूको उल्लासपछि यस दिनले खेतमा होमिने तयारीको संकेत दिन्छ। राज्यभरि नै विशेष गरी ग्रामीण क्षेत्रहरूमा किसानहरूले पूर्ण उत्साहको साथमा यस परम्परालाई पालन गर्दै फसल सप्रिने तथा सुख-समृद्धिको कामना गरे।

परिवर्तनशील समय र आधुनिक तनिकको प्रभावले पारम्परिक कृषि पद्धतिमा ठूलो परिवर्तन आएको छ। अब खेतमा ट्र्याक्टर तथा अन्य आधुनिक उपकरणहरूको बढ़्दो उपयोगको कारमले पारम्परिक औजारहरूको महत्व केही हदसम्म घटेको छ। तथापि राज्यका कतिपय भागहरूमा आज पनि नांगल बिहूको परम्परा जीवन्त छ जसलाई मानिसहरूले पूर्ण श्रद्धाको साथमा मनाउँछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande