
सिलगढ़ी, 18 अप्रेल (हि.स.)। कंग्रेस उम्मेदवारहरूको समर्थनमा अब पार्टीका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगे मैदानमा उत्रिरहेका छन्। आगामी सोमवार सिलगढ़ीको नक्सलबाड़ीमा एक विराट चुनावी सभ आयोजना भइरहेको छ जहाँ दार्जिलिङ, कालेबुङ तथा जलपाईगुड़ी जिल्लाका सातजना कंग्रेस उम्मेद्वारहरूको पक्षमा प्रचार गर्नको साथैै भोटको अपील गरिनेछ। यस जनसभामा वरिष्ठ कंग्रेस नेता कन्हैया कुमार, दीपा दासमुन्शी औ पप्पू यादव पनि उपस्थित रहनेछन्। सभा नक्सलबाड़ीको नन्द प्रसाद बालिका विद्यालय मैदानमा आयोजना हुनेछ जहाँ मञ्च तयार गर्ने काम शुरू भइसकेको छ।
जानकारी अनुसार खड़गे हेलिकप्टरको माध्यमबाट सोझै सभास्थलको छेउमा उत्रिनेछन् अनि त्यहीँबाट जनतालाई सम्बोधन गर्नेछन्। सभाको माध्यमबाट खड़गेले दार्जीलिङ जिल्लाका पाँचजना, कालेबुङका एकजना अनि डाबग्राम-फुलबाड़ी क्षेत्रका कंग्रेस प्रत्याशीहरूको समर्थनमा प्रचार गर्नेछन्। जिल्ला कंग्रेस अध्यक्ष सुबिन भौमिकले आशा व्यक्त गरे, यस ऱ्यालीबाट कार्यकर्ताहरूमा नयाँ जोश आउननको साथै पार्टी पनि मजबुत हुनेछ।
माटीगाड़ा-नक्सलबाड़ी विधानसभा सीटबाट कंग्रेस उम्मेद्वार अमिताभ सरकारले दाबी गरेका छन्, वर्ष 2011 र 2016-मा जस्तै यसपालि पनि कंग्रेसले यस सीटमा जीत हासिल गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा