
कोलकाता, 18 अप्रेल (हि.स.)। पश्चिम बंगालमा आगामी दुई चरणको विधानसभा चुनाउपूर्व निर्वाचन आयोगले गए शुक्रवार राति ठूलो कारबाही गर्दै तीन जना मतदान स्तरका अधिकारीहरूलाई निलम्बन गरिदियो। आयोगले अन्य पाँचजना अधिकारीहरू विरूद्ध विभागीय कारबाही गर्ने तथा प्राथमिकी दर्ता गर्ने निर्देश दिएको छ।
निलम्बित अधिकारीहरूमा उत्तर 24 परगना जिल्लाका तपन कुमार साहा, अभिजित डे औ कुमारजित दत्ता सामेल छन्। यिनीहरूमाथि सत्ताधारी तृणमूल कंग्रेसको पक्षमा चुनाउ प्रचारमा प्रत्यक्ष रूपमा सामेल भएको आरोप छ। यसलाई निर्वाचन आयोगका ती दिशानिर्देशहरूको उल्लंघन मानिँदैछ जसान्तर्गत चुनाउ ड्यूटीमा खटिएका अधिकारीहरूलाई कुनै पनि राजनीतिक दलका गतिविधिहरूमा सामेल हुने अनुमति छैन।
आयोगले पहिला तीनजना अधिकारीहरूलाई कारण बताऊ नोटिस जारी गरेको थियो। तपन साहा र अभिजित डेको जवाफबाट आयोग सन्तुष्ट भएन भने कुमारजित दतताले नोटिस थाप्न अस्वीकार गरे। त्यसपछि आयोगले अनुशासनात्मक कारबाही गर्ने आदेश दियो।
यसीबीच निर्वाचन आयोगले बिधाननगर पुलिस आयुक्त मुरली धर शर्मालाई पनि पदबाट हटाउने निर्देश दिएको छ। उनको स्थानमा त्रिपुरारी अथर्वलाई नियुक्त गरिएको छ। नयाँ अधिकारीलाई शनिवार बिहान 11 बजीसम्म कार्यभार सम्हालन भनिएको छ।
यसपूर्व आयोगले मुरली धर शर्मालाई तमिलनाडुमा पुलिस प्रेक्षकको रूपमा पठाएको थियो। पछि यो आदेशलाई स्थगित गरिएको कारणले उनी बिधाननगर पुलिस आयुक्तको पदमा यथावत रहे। तथापि यसरी नै स्थानान्तरित गरिएका 13 जना भारतीय पुलिस सेवाका अधिकारीहरूको स्थानानन्तरणको आदेशलाई यथावत राखेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा