
गुवाहाटी, 18 अप्रेल (हि.स.)। राजधानी गुवाहाटीको वशिष्ठ थाना क्षेत्रमा एक अनौठो चोरीको मामिला सामु आएको छ जहाँ दुईजना पुरूष चोरहरूले पारम्परिक असमिया महिला पोशाक मेखेला चादर पहिरिएर राती चोरीका घटनाहरूलाई परिणाम दिँदै आएका थिए।
पुलिस अनुसार आरोपीहरूको पहिचान गगन बर्मन र जानमणि शर्माको रूपमा भएको छ। दुवै आरोपी महिलाहरूको कपड़ा लगाएर क्षेत्रमा घुम्थे ताकि कसैलाई शंका नलागोस् अनि सहजै चोरीको घटनालाई परिणाम दिन सकोस्।
जाँचमा यो पनि खुलासा भएको छ, जानमणि शर्माकी पत्नी धनदा देवी पनि यिनीहरूसितै चोरीका घटनाहरूमा सामेल हुन्थी। सीसीटीभी फुटेजमा आरोपीहरूलाई महिलाहरूको भेषमा घुम्दै गरेको देखियो जसको आधारमा पुलिसले उनीहरूलाई चिन्हित गरी पक्राउ गऱ्यो।
पुलिसले चोरीमा प्रयोग गरिएका दुई वटा वाहन र सुन-चाँदीका गहनाहरू पनि जफत गरेको छ। सम्पूर्ण मामिलाको जाँच पुलिसले गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा