काकोपथारमा भीषण सड़क दुर्घटना, दुईजना युवकको मृत्यु, कड़ा सजायको माग
काकोपथारमा भीषण सड़क दुर्घटना, दुईजना युवकको मृत्यु, कड़ा सजायको माग


तिनसुकिया (असम), 18 अप्रेल (हि.स.)। माथिल्लो असमको तिनसुकिया जिल्लान्तर्गत काकोपथारको लाजुम गाउँमा गए अबेर राती भएको एक सड़क दुर्घटनामा दुईजना युवकहरूको मृत्यु भयो। यस घटनापछि शनिवार बिहानदेखिकै क्षेत्रमा व्यापक विरोध प्रदर्शन शुरू भएको छ। प्रदर्शनकारीहरूले राष्ट्रिय राजमार्ग-15 लाई जाम गरे जसले गर्दा हजारौं वाहनहरू फसे।

मृतकहरूको पहिचान काकोपाथर निवासी एवं काकोपाथर फुटबल कोचिंग सेन्टरमा गोलकिपरको रूपमा काम गर्ने प्रणजित दास र तेजी गाउँका शशांक मोरानको रूपमा भएको छ। प्रत्यक्षदर्शी तथा स्थानीय मानिसहरू अनुसार यो घटना गए शुक्रवार अबेर राती बिहू उत्सव अवधि भएको हो। भनिन्छ, एउटा द्रूत गतिको बोलेरो वाहनले सड़क किनारमा खड़ा एउटा मोटरसाइकललाई ठक्कर दियो जसमा कथित रूपमा दुवै युवक बसेका थिए। स्थानीय मानिसहरूले दुवैलाई नजिकैको अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।

पुलिसले बतायो, बोलेरो (रजिस्ट्रेशन नम्बर एएस-01वी-0399) काकोपाथर तिरबाट आइरहेको थियो, यसै उवधि यसले मोटरसाइकललाई ठक्ककर दियो। दुमदुमा पुलिसले ड्राइभरलाई हिरासतमा लिएको छ। दुर्घटनामा सामेल वाहनलाई जफत गरिएको छ।

यस घटनापछि स्थानीय मानिसहरूमा व्यापक आक्रोश फैलियो। शनिवार बिहान उनीहरूले काकोपाथर पुलिस स्टेशन निकट राष्ट्रिय राजमार्ग-15 लाई जाम गरेर विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले सड़कमा टायर बालेर विरोध प्रदर्शन गर्दै मृतक परिवारहरूलाई तत्काल न्याय दिनका साथै उचित क्षतिपूर्ति अनि पुनर्वासको व्यवस्था गर्नुपर्ने माग गरे।

राष्ट्रिय राजमार्ग जाम भएको कारणले यातायात पूर्ण रूपमा प्रभावित भएको छ। हाइवेका दुवै किनारमा हजारौं वाहनहरू फसेका छन् जसले गर्दा सम्पूर्ण आवागमन नै ठप्प भएको छ। स्थानीय प्रशासनिक अधिकारीहरूसित अपील गरिएको छ, प्रदर्शनकारीहरूको समस्या समाधान गर्न तथा यातायात व्यवस्थालाई सामान्य बनाउनको लागि तत्काल हस्तक्षेप गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande