
कोलकाता, 18 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको प्रचार-प्रचार गर्ने क्रममा तृणमूल कंग्रेस प्रमुख तथा मुख्यमन्त्री ममता ब्यानर्जीले शनिवार दक्षिण 24 परगनाको बारुइपुरमा आयोजित जनसभाको मञ्चबाट राज्य पुलिसको चर्को टिप्पणी गरिन्। उनले आरोप लगाइन्, स्थानीय पुलिसले केन्द्रिय बल समक्ष शिर झुकाइरहेको छ। उनले चेताउनीपूर्ण भाषामा भनिन्, केन्द्रिय बलहरू गएपछि हेर्नेछौं, के हुनेछ।
बारुइपुर पश्चिम विधानसभा क्षेत्रका प्रत्याशी बिमान ब्यनर्जी र बारुइपुर पूर्वका प्रत्याशी विभास सरदारको समर्थनमा आयोजित सभामा ममताले भनिन्, वर्तमान समयमा स्थानीय पुलिसले केन्द्रिय बलहरूलाई देखेर दबावमा काम गरिरहेको छ। उनले भनिन्, यस्तो स्थिति दुई-तीन सप्ताहसम्म मात्र हो, त्यसपछि परिस्थिति फेरिनेछ।
मुख्यमन्त्रीले चुनाउ प्रक्रियामा प्रशासनिक हस्तक्षेप भएको आरोप लगाउँदै भनिन्, राज्यमा अधिकारीहरूको व्यापक स्थानान्तरण गरिएको छ। उनले दाबी गरिन्, भारतीय जनता पार्टी (भाजपा) ले चुनाउमा निष्पक्ष प्रतिस्पर्धा र्नको सट्टा प्रशासनिक दबाउको सहारा लिरहेको छ।
ममता ब्यानर्जीले केन्द्र सरकारमाथि प्रहार ग र्दै भनिन्, हालका राजनीतिक घटनाक्रमबाट भाजपा ह्रासोन्मुख भएको छ र बंगालमा यसको दोस्रो चरण देखिनेछ। उनले भनिन्, बंगालले सदैव देशलाई दिशा देखाउँछ र यसपालि पनि परिवर्तनको शरूआत यहींबाट हुनेछ।
महिला आरक्षण विधेयक औ परिसीमनको मुद्दामा पनि उनले केन्द्र सरकारलाई घेरिन्। ममताले आरोप लगाइन्, महिलाहरूको अधिकारको नाममा राजनीतिक लाभ उठाउने चेष्टा गरिँदैछ।
सभामा उनले राज्य सरकारका विभिन्न कल्याणकारी योजनाहरूको पनि उल्लेख गर्दै मतदाताहरूसित तृणमूल कंग्रेसको पक्षमा मतदान गर्ने अपील गरिन्। उनले भनिन्, उनको सरकारले रोजगार, स्वास्थ्य, पेन्शन, किसान एवं महिलाहरूको लागि धेरै वटा योजनाहरू लागू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा