विधानसभा चुनाउपूर्व कोलकातामा हतियारहरूको भण्डार जफत, एक जना हिरासतमा
विधानसभा चुनाउपूर्व कोलकातामा हतियारहरूको भण्डार जफत, एक जना हिरासतमा


कोलकाता, 18 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको पृष्ठभूमिमा कोलकाता पुलिसको विशेष कार्यबलले मध्य कोलकाताको राजाबजार साइन्स कलेज निकट हतियार तथा कारतूसहरूको भण्डार नै जफत गरेको छ भने यस सिलसिलामा एकजना मानिसलाई हिरासतमा लिएको छ।

अधिकारीहरूले सो जानकारी शनिवार दिएका हुन्। जाँच एजेन्सीहरू यो पत्तो लगाउन जुटेका छन् कि हतियारहरू कहाँ लगिँदैथ्यो र कसलाई सुम्पिनु थियो।

पुलिस अनुसार सन्देहको आधारमा विशेष कार्यबलको टीमले बस स्ट्याण्ड छेउमा ब्याग लिएर गइरहेको एकजना व्यक्तिलाई रोक्यो। जाँच गर्दा ब्यागभित्र 6 वटा सिंगल-शट आग्नेयास्त्र औ 14 वटा कारतूस भेटियो जसलाई जफत गरियो।

विधानसभा चुनाउलाई मध्यनजर गर्दै राज्यभरि नै सुरक्षाको कड़ा प्रबन्ध गरिएको छ। विभिन्न स्थानहरूमा पुलिसले वाहन जाँच अभियान संचान गरिरहेको छ भने संवेदनशील क्षेत्रहरूमा नाकाबन्दी गरिएको छ।

भर्खरै कोलकाता र हावड़ामा प्रचुर मात्रामा नगद फेला परेको थियो। गए शुक्रवार कोलकाता पुलिसको दक्षिण-पूर्व प्रभागले बालीगञ्ज विधानसभा क्षेत्रमा वाहन जाँच गर्दा एउटा वाहनभित्र लगभग 25 लाख रुपियाँ नगद भेटेको थियो।

अधिकारीहरूले बताए, चुनाउअघि अवैध हतियार तथा नगदहरूको आवागमनमाथि रोक लगाउनको लागि निगरानी तथा जाँच अभियानलाई तीव्रता दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande