
नदिया, 18 अप्रेल (हि.स.)। नदिया जिल्लाको नवद्वीपमा शनिवार बिहान एक जना अज्ञात महिलाको अर्धनग्न शव भेटियो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। घटना नवद्वीप विष्णुप्रिया हल्ट स्टेशनको छेउमा भएको हो जहाँ अप प्लेटफर्मको अन्तिम किनारमा झाड़ीहरूको बीचमा महिलाको शव लड़िरहेको थियो।
स्थानीय मानिसहरूले सबैभन्दा पहिला झाड़ीमा शव लड़िरहेको देखेपछि तुरून्तै पुलिसलाई सूचित गरे। खबर पाउनसाथ नवद्वीप थानाको पुलिस घटनास्थलमा पुग्यो। साथै रेल पुलिस पनि घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। शवलाई उद्धार गरी नवद्वीप स्टेट जनरल अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले महिलालाई मृत घोषित गरिदिए।
लगभग 40-42 वर्ष पुगेकी मृत महिलाको हाल पहिचान हुन सकेको छन। स्थानीयहरूको भनाइ छ, महिला यस क्षेत्रकी होइन। कसैले पनि उसलाई चिन्न सकिरहेको छन। पुलिसले शवलाई पोस्टमर्टम ग र्नको लागि पठाइदिएको छ। साथै मृत्युको कारण पत्तो लगाउन पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।
घटनापछि क्षेत्रको कानून व्यवस्थालाई लिएर मानिसहरूले रोष व्यक्त गरिरहेका छन्। स्थानीयहरूको आरोप छ, पछिल्लो लामो समयदेखिकै क्षेत्रमा असामाजिक गतिविधिहरू हुँदै आएका छन्।
अर्कोतिर घटनाबारे जानकारी पाउनसाथ नवद्वीपकी भाजपा प्रत्याशी श्रुति शेखर गोस्वामी पनि घटनास्थलमा पुगिन्। उनले स्थानीय मानिसहरूसित बातचित गर्दै राज्यको कानून-व्यवस्थामाथि प्रश्न तेर्साइन्। उनले भनिन्, “यो नवद्वीपको शान्तिको तस्वीर हो। यहाँ दिन-रात बमबाजी नभए पनि दबिएको आतंक पनि अवश्य व्याप्त छ। जनताले यसको जवाफ दिनेछन्।” उनले घटनाको निष्पक्ष तथा गहन जाँच गर्ने माग समेत गरिनअ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा