
मेदिनीपुर, 18 अप्रेल (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन विधानसभा क्षेत्रमा तृणमूल कंग्रेस प्रत्याशी मानिक मायतीको समर्थनमा शनिवार बिहान एक भव्य रोड शो आयोजना गरियो जसलाई लिएर सम्पूर्ण क्षेत्रमा व्यापक उत्साह देख्न पाइयो। यस रोड शोको मुख्य आकर्षण पूर्व स्टार क्रिकेटर एवं तृणमूल सांसद यूसुफ पठान रहे।
दाँतनको सबैभन्दा विशाल क्षेत्रमा आयोजित उकत कार्यक्रममा यूसुफ पठानलाई खुल्ला वाहनमा सवार भएर मानिसहरूसित जनसम्पर्क गर्दै गरेको देखियो। उनको साथमा दाँतन दुई नम्बर ब्लक तृणमूल कंग्रेसका अध्यक्ष शेख इफ्तखार अली सहित अन्य पार्टी नेताहरू उपस्थित थिए।
विश्व कप विजेता क्रिकेटरको एक झलक पाउनका लागि सड़कका दुवै तिर हजारौं मानिसहरूको भीड़ उर्लिएको थियो। भीड़लाई नियन्त्रण गर्नको लागि पुलिस र स्वयंसेवकहरूलाई कड़ा परिश्रम गर्नुपऱ्यो।
रोड शोमा यूसुफ पठानले वाहनबाट हात हल्लाउँदै मानिसहरूलाई अभिवादन गरे। साथै उनले जनतासित अपील गरे, उनीहरूले मानिक माइतीलाई भारी मतले विजय बनाउनु अनि विकासको धारालाई अगाड़ि बढ़ाउनको लागि जोड़ी फूल(तृणमूलको चुनाउ चिन्ह)-मा मतदान गरुन्। सबड़ा मोड़बाट शुरू भएको यो रोड शो अन्तमा जनसभामा परिणत भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा