
गुवाहाटी, 20 अप्रेल (हि.स.)। राजधानी गुवाहाटीमा बितेको राति भएको घना वर्षाको कारण कतिपय क्षेत्रहरूमा भारी जलभराउको स्थिति उत्पन्न भयो।
घना वर्षाको कारणले मुख्य सड़क सहित उपसड़कहरू पानीमा डुबे जसबाट यातायात व्यवस्था प्रभावित भयो फलस्वरूप मानिसहरूलाई विविध समस्याको सामना गर्नु पऱ्यो। तल्लो क्षेत्रमा पानी भरिएकोले जनजीवन अस्त-व्यस्त भयो। जिल्ला प्रशासनद्वारा गुवाहाटीका सबै निजी तथा सरकारी शिक्षण संस्थानहरू आज बन्द गर्ने घोषणा गरिएको छ।
शहरको शहाथी गाउँ, रुक्मिणी गाउँ, तरुण नगर, नवीन नगर, जटिया समेत महानगरका कतिपय क्षेत्रहरूमा बाढ़ी जस्तै स्थिति उत्पन्न भएको छ जहाँ सड़क अनि आवासीय क्षेत्रहरूमा पानी भरियो।
प्रबल वर्षाको कारणले जल निकासी व्यवस्थामाथि दबाव बढ़्यो फलस्वरूप शहरमा कृत्रिम बाढ़ीको स्थिति सृजना भएको छ। प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा