अनियन्त्रित बसको चपेटामा परी धेरै जना घाइते, सात जनाको अवस्था गम्भीर
अनियन्त्रित बसको चपेटामा परी धेरै जना घाइते, सात जनाको अवस्था गम्भीर


आसनसोल, 20 अप्रेल (हि.स.)। आसनसोलको रेलपार क्षेत्रमा गए आइतवार साँझ भएको एक भयानक सड़क दुर्घटनाले सम्पूर्ण क्षेत्रलाई थर्काइदियो। यहाँ एउटा अनियन्त्रित बसको चपेटामा परी सात वर्षीय बालिका सहित धेरैजना मानिसहरू घाइते भए जसमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्राप्त जानकारी अनुसार तृणमूल उम्मेद्वार मलय घटकको समर्थनमा आयोजित एक चुनावी कार्यक्रम समाप्त हुनसाथ अचानक एउटा अनियन्त्रित बस कार्यक्रम स्थलमा द्रूत गतिमा पस्यो। बसमा “पश्चिम बंगाल पुलिस” लेखिएको थियो। आरोप लगाइँदैछ, बसलाई सेन्ट्रल इण्डस्ट्रियल सिक्योरिटी फोर्स (सीआइएसएफ)- का एकजना जवानले चलारहेका थिए जो कथित रूपमा मातेका थिए।

प्रत्यक्षदर्शीहरू मुताविक अचानक नियन्त्रण गुमाएको बस सोझै श्मशानको भित्ता भत्काउँदै अगाड़ि बढ़्यो। त्यसपछि बसले बाटोमा रहेका दोकानहरू, अटो र टोटोलाई ठक्कर दियो जसले गर्दा सात वर्षीय अबोध सहित धेरैजना मानिसहरू यसको चपेटमा परे। सातजना मानिसहरू गम्भीर रूपमा घाइते भएको बताइँदैछ जसमध्ये कतिपयको अवस्था नाजुक रहेको बताइएको छ।

घटनापछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचिनका साथै मानिसहरू भयभित भए। आक्रोशित मानिसहरूले घटनास्थलमै बस तोड़फोड़ गर्न शुरू गरे। आक्रोशित भीड़ले सड़कमाउत्रेर विरोध प्रदर्शन गर्न थाल्यो। स्थिति यतिसम्म भयानक भयो जसलाई नियन्त्रण गर्नको लागि ठूलो संख्यामा पुलिस र केन्द्रिय बलका जवानहरूलाई तैनाथ गर्नुपऱ्यो।

दुर्घटना भएको सूचन पाउनसाथ तृणमूल उम्मेद्वार मलय घटकले पनि घटनास्थलमा पुगेर मानिसहरूलाई शान्त बनाउने प्र्यास गरे। उनले घाइतेहरूको समुचित उपचार गराउने भरोसा दिलाए अनि घटनाको निष्पक्ष जाँच गराउने आश्वासन दिए।

हाल यस सम्पूर्ण मामिलालाई लिएर विभिन्न प्रश्नहरू उठिरहेका छन्। के यो लापरवाहीको परिणाम हो वा यसको पछाड़ि कुनै षड़यन्त्र लुकेको छ? पुलिसले मामिलाको जाँच शुरू गरेको छ। बस चालक सहित सबै पक्षहरूलाई ध्यानमा राखेर जाँच गरिँदैछ। क्षेत्रको माहोल अहिले पनि तनाउपूर्ण नै छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande