
गुवाहाटी, 20 अप्रेल (हि.स.)। गुवाहाटी महानगरमा मुसलधारे पानी परेको फलस्वरूप सृजित कृत्रिम बाढ़ीबीच माली गाउँ क्षेत्रमा गए आइतवार राति एक दुःखदायी घटना घट्यो जहाँ एकजना महिलाको मेनहोलमा मृत्यु भयो। मृतकाको पहिचान धारापुर निवासी पायल नाथको रूपमा भएको छ।
जानकारी अनुसार अविरल वर्षाको कारण सम्पूर्ण क्षेत्र जलमग्न भएको थियो जसले गर्दा महिलालाई नालीको पानीको तीव्र प्रवाहले बगाएर मेनहोलमा पुऱ्यायो। घटना भएको तत्कालैपछि राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ)- को टीमद्वारा खोजी अभियान शुरू गरियो। प्रतिकूल मौसम र तीव्र प्रवाहबीच पनि राहत अनि बचाउ कार्यलाई निरन्तर जारी राखियो।
पछि एसडीआरएफको टीमले महिलालाई आज बिहान सबेरै लगभग 3 बजी अस्पतालमा पुऱ्यायो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। घटनापछि शहरमा रहेको खुल्ला मेनहोल र सुरक्षा व्यवस्थालाई लिएर गम्भीर प्रश्न उठिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा