
उत्तर 24 परगना, 22 अप्रेल (हि.स.)। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार आमडाङ्गामा आयोजित जनसभाबाट चुनाउ प्रचार गर्दै चुनाउ आयोग र विपक्षमाथि प्रहार गरिन्। उनले आरोप लगाइन्, चुनाउ प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरिरहेको छ, तर जनताको शक्ति अगाड़ि यस्ता प्रयासहरू सफल हुने छैनन्।
सभामा आफ्नो सम्बोधन राख्दै ममता ब्यानर्जीले चुनाउ आयोगद्वारा नियुक्त अधिकारीहरूको भूमिकामाथि प्रश्न उठाइन्। उनले भनिन्, उनीहरूले स्वतन्त्र अनि निष्पक्ष ढङ्गमा काम गर्नुपर्छ।
उनले स्पष्ट पारिन्, प्रशासनिक अधिकारीहरूले कुनै एउटा राजनीतिक पार्टी विशेषको पक्षमा काम गर्नु हुँदैन जबकि उनीहरूले जनताको हितमा निष्पक्षतालाई कायम राख्नुपर्छ।
मुख्यमन्त्रीले आरोप लगाइन्, बाहिरका मानिसहरूलाई ल्याएर चुनाउलाई प्रभावित पार्ने चेष्टा गरिरहेको छ। तर बङगालका जनताले यस्तो कुनै पनि षड़यन्त्रलाई सफल हुन दिने छैनन्। ज नताले लोकतान्त्रिक ढंगमा यसको जवाफ दिनेछन्।
ममता ब्यानर्जीले आफ्नो आफ्नो भाषणमा यो पनि भनिन्, तृणमूल कङ्ग्रेसको सरकारले राज्यमा विभिन्न जनकल्याणकारी योजनाहरू लागू गरेको छ र आगामी दिनमा पनि विकास कार्यलाई जारी राख्नेछ। उनले मानिसहरूलाई शान्त रहने तथा कुनै पनि प्रकारको उक्साहटबाट प्रभावित नहुने अपील समेत गरिन्।
उनले विपक्षी दलहरू विशेष गरी भाजपामाथि आरोप लगाइन्, उनीहरूले डर तथा भ्रमपूर्ण माहोल बनाएर चुनाउलाई प्रभावित पार्न चाहन्छन्। साथै उनले दाबी गरिन्, तृणमूल कङ्ग्रेसलाई जनताको व्यापक समर्थन प्राप्त छ र पार्टीले आगामी चुनाउमा राम्रो प्रदर्शन गर्नेछ।
सभाको अन्तमा ममता ब्यानर्जीले मतदाताहरूसित लोकतान्त्रिक अधिकारको प्रयोग गर्ने अनि शान्तिपूर्ण मतदान सुनिश्चित गर्ने अपील गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा