चुनाउका लागि चुनाउ कर्मीहरु घोडा चढेर पुगे राज्यकै सुदूरवर्ती समानदेन फरेस्ट क्षेत्र
चुनावको लागि चुनाउ कर्मीहरु घोडा चढेर पुगे राज्यकै सुदुरवर्ती समानदेन फरेस्ट क्षेत्रमा


दार्जिलिङ, 22 अप्रेल (हि.स.)। पश्चिम बंगाल राज्यकै सुदूरवर्ती बुथ मध्ये एक रिम्बिक लोधोमा क्षेत्रको सिरिखोला डाडागाउँ ग्राम पन्चायत अधीनस्थ पर्ने समानदेन फरेस्ट प्राथमिक पाठशाला 23/04 बुथमा चुनाउ सम्पन्न गर्न चुनाउ अधिकारीहरु पुगेका छन्। दार्जिलिङ जिल्ला मुख्यालयबाट सवारी साधनको माध्यमबाट मंगलवार हिँडेका अधिकारीहरु बेलुकी रमाम प्राथमिक पाठशालामा बास बसेपछि बुधबार बिहानै घोडमा हिडेका थिए भने लगभग दश किलोमिटरको यात्रापछि चुनाउ केन्द्र पुगे। चुनाउ कर्मीहरू भोलि चुनाउ सम्पन्न गराएपछि भोलि नै घोडाको सहयोगमा रमामसम्म आएर बस्नेछन्। यसपछि, आगामी 24 अप्रेलका दिन चुनाउ सम्पन्न गरेर अधिकारीहरु जिल्ला मुख्यालय दार्जिलिङ आइपुग्ने छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande