मुख्यमन्त्री र प्रदेश भाजपा प्रभारी जैसवालको भेट
मुख्यमन्त्री र प्रदेश भाजपा प्रभारी जैसवालको भेट


गान्तोक, 22 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं सिक्किम प्रभारी डा. दिलीप जैसवालले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग शिष्टाचार भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा दिएका छन्।

मुख्यमन्त्रीले सिक्किमको प्रगति, विकास र भविष्यसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा अर्थपूर्ण छलफलहरू भएको बताएका छन्। उनले राज्यको विकास र कल्याणलाई अझ तीव्र बनाउन जारी पहलहरूलाई सुदृढ पार्ने र नयाँ मार्गहरू अन्वेषण गर्ने बारेमा बहुमूल्य दृष्टिकोणहरू आदानप्रदान गरेको उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले डा. जैसवालको भ्रमणको लागि धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande