कालेबुङ डीसीआरसी सेन्टरबाट आ-आफ्ना मतदान केन्द्रमा प्रस्थान भए चुनाउ अधिकारी एवम् सुरक्षाकर्मीहरू
कालेबुङ डीसीआरसी  सेन्टरबाट आ-आफ्ना मतदान केन्द्रमा प्रस्थान हुँदै चुनाउ अधिकारी एवम् सुरक्षाकर्मीहरू


कालेबुङ, 22 अप्रेल (हि.स.)। 23 अप्रेलमा हुने पहिलो चरणको विधानसभा चुनाउलाई ध्यानमा राख्दै बुधवार कालेबुङको मेला ग्राउण्डबाट चुनाउ अधिकारी एवम् सुरक्षाकर्मीहरू आ-आफ्ना मतदान केन्द्रहरूमा प्रस्थान भएका छन्। कालेबुङ जिल्लामा मोठ मतदाता संख्या २,०१,६१९ रहेको छ, जसमा पुरुष मतदाता १,००,८४६ छन् भने महिला मतदाता १,००,७७३ रहेका छन्।

कालेबुङ विधानसभा क्षेत्रमा मोठ २९८ वटा मतदान केन्द्र स्थापना गरिएको छ, जसमा ५ वटा सहायक (एक्जिलेरी) मतदान केन्द्र पनि समावेश छन्। जिल्लाको सबैभन्दा उचाइमा रहेको मतदान केन्द्र लाभा उच्च माध्यमिक विद्यालयमा स्थापना गरिएको छ, जुन समुद्री सतहबाट प्राय: ८,०१० फिट उचाइमा अवस्थित छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande