
कामरूप (असम), 22 अप्रेल (हि.स.)। रङ्गिया महकुमा न्यायिक दण्डाधिकारी अदालत परिसरमा बुधवार एक शोकपूर्ण घटना घट्यो जहाँ हैदर अली नामक एकजना अधिवक्ताको अचानक मृत्यु भयो।
प्राप्त जानकारी अनुसार अधिवक्ता गौहाटी उच्च न्यायालयबाट एउटा मामिलाको सिलसिलामा रङ्गिया अदालतमा आएका थिए। अदालत परिसरमा बसिरहेको बेला उनी अचानक मुर्छा परे।
प्रारम्भिक जानकारी अनुसार हृदय गति रोकिएको कारणले उनको मृत्यु भएको हो। यस घटनाको कारणले अदालत परिसरमा शोक व्याप्त भएको छ तथा अधिवक्ता र न्यायालय कर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा