पुरानो भोटर लिस्टको आधारमा चुनाउ भयो भने पनि भाजपाले जित्छ: शमिक भट्टाचार्य
पुरानो भोटर लिस्टको आधारमा चुनाउ भयो भने पनि भाजपाले जित्छ: शमिक भट्टाचार्य


हुगली, 22 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल भाजपा अध्यक्ष शमिक भट्टाचार्यले दाबी गरेका छन्, यदि राज्यमा पुरानो मतदाता सूचीको आधारमा चुनाउ गराइयो भने पनि भारतीय जनता पार्टी (भाजपा) ले जीत हासिल गर्नेछ।

बुधवार हुगलीको हरिपालमा आयोजित एक राजनीतिक कार्यक्रममा शमिक भट्टाचार्यले भने, चुनाउ जित्नको लागि भाजपा चुनाउ आयोगमाथि निर्भर छैन। उनको पार्टीलाई जनताको समर्थन प्राप्त छ र तृणमूल कङ्ग्रेसको सत्ता अब पतनोन्मुख भएको छ।

उनले विवादित मतदाता सूची संशोधन प्रक्रियामाथि भइहेको बहसबीच यो पनि भने, यदि चुनाउ आयोगले पुरानो भोटर लिस्टको आधारमा चुनाउ गरायो तथा जुन लाखौं मतदाताहरूको नाम हटाइएको छ, उनीहरूलाई पुनः जोड़ियो भने पनि भाजपाले जीत दर्ता गर्नेछ।

भट्टाचार्यले केन्द्रिय एजेन्सीहरू क्रमैले ईडी र सीबीआईको कारबाहीमाथि टिप्पणी गर्दै भने, यी मामिलाहरूप्रति आम जनताको कुनै विशेष रूचि छैन। उनले भने, चुनाउमा जनताको मुख्य मुद्दा भनेकै राज्यमा परिवर्तन हो र मानिसहरू तृणमूल शासनदेखि मुक्ति चाहन्छन्।

यस अवधि उनले यो आरोप पनि लगाए, राज्यका जनता तृणमूल कङ्ग्रेसदेखि निराश भइसकेका छन्, त्यसैले आगामी चुनाउमा परिवर्तन निश्चित छ। तथापि मतदाता सूचीलाई लिएर भइरहेको विवाद अनि आरोप-प्रत्यारोपबीच राजनीतिक माहोल लगातार तातिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande