भाजपा कार्यकर्ताहरूको पक्राउको विरोधमा थाना घेराउ गरी प्रदर्शन गरियो
भाजपा कार्यकर्ताहरूको पक्राउको विरोधमा थाना घेराउ गरी प्रदर्शन गरियो


आसनसोल, 22 अप्रेल (हि.स.)। दुर्गापुर पूर्व विधानसभा क्षेत्रमा चुनाउको मुखैमा राजनीतिक तनाउ बढ़ेको छ। गए मङ्गलवार भाजपा र तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूबीच भएको झड़पपछि पुलिसले तीनजना भाजपा कार्यकर्ताहरूलाई पक्राउ गऱ्यो। यसै पक्राउको विरोधमा बुधवार भाजपाले दुर्गापुर थानालाई घेराउ गरी व्यापक प्रदर्शन गऱ्यो। भाजपा प्रत्याशी चन्द्रशेखर ब्यानर्जी पनि यस प्रदर्शनमा सामेल भए। घटनापछि सम्पूर्ण क्षेत्रको माहोल तनाउपूर्ण भएको छ।

स्मरण गराइन्छ, दुर्गापुर पूर्वमा पहिलो चरणको मतदान हुनुछ। मङ्गलवार चुनाउ प्रचारको अन्तिम दिन जे.सी. बोस क्षेत्रमा भाजपाले प्रचार अभियान सञ्चालन गरिरहेको थियो। यसै अवधि तृणमूल र भाजपा समर्थकहरूबीच विवाद शुरू भयो जुन हेर्दा-हेर्दै हिंसक झड़पमा परिणत भयो। आरोप छ, यस अवधि तृणमूल कार्यकर्ताहरूमाथि कुटपिट गरियो भने धेरैवटा मोटरसाइकलहरूमा तोड़फोड़ गरियो। घटनापछि सिकायत दर्ता गराइयो जसको आधारमा पुलिसले जाँच शुरू गर्दै तीनजना भाजपा कार्यकर्ताहरूलाई पक्राउ गऱ्यो।

यस पक्राउलाई लिएर भाजपाले प्रश्न उठाएको छ, जब दुवै पक्षबीच संघर्ष भएको थियो भने भाजपा कार्यकर्ताहरूलाई मात्र किन पक्राउ गरियो। यसै प्रश्नलाई लिएर बुधवार अपरान्ह भाजपा नेता अनि कार्यकर्ताहरूले दुर्गापुर थाना बाहिर प्रदर्शन गरे साथै पुलिस प्रशासनको विरोधमा नाराबाजी गरे।

भाजपा प्रत्याशी चन्द्रशेखर ब्यानर्जीले आरोप लगाए, उनीहरूले शान्तिपूर्ण ढङ्गमा अन्तिम चरणको प्रचार गरिरहेका थिए, तृणमूल नेता तथा कार्यकर्ताहरूले उनीहरूको जुलूसमाथि प्रहार गरे। उनले भने, भाजपा कार्यकर्ताहरूले आत्मरक्षामा जवाफ मात्र दिएका हुन्। तर पुलिसले एकतर्फी कारबाही गर्दै उनका कार्यकर्ताहरूलाई पक्राउ गऱ्यो। भाजपाले यसै कारबाहीको जवाफ मागिरहेको छ।

अर्कोतिर तृणमूल कङ्ग्रेस प्रत्याशी प्रदीप मजुमदारले भाजपाका आरोपहरूलाई खारेज गर्दै भने, भाजपाले लगातार अत्याचार गरिरहेको छ जसको जवाफ बङ्गालका जनताले निश्चित रूपमा दिनेछन्। उनले भने, पुलिसले कानून अनुरूप कारबाही गर्नेछ। दोषीहरूलाई छोड़िने छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande