दक्षिण बंगालका कतिपय जिल्लाहरूमा तीव्र हावा एवं वर्षा हुने सम्भावना
दक्षिण बंगालका कतिपय जिल्लाहरूमा तीव्र हावा एवं वर्षा हुने सम्भावना


कोलकाता, 22 अप्रेल (हि.स.)। पश्चिम बंगालमा अहिलेघरि भयानक गर्मी तथा आद्रताबीच जिल्लामा हावा-हुन्डरी तथा वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। भारतीय मौसम विभाग (आईएमडी) अनुसार दक्षिण बंगालका केही जिल्लाहरूमा सामान्यदेखि मध्यम वर्षा हुनको साथै तीव्र हावा चल्नसक्छ।

मौसम विभाग मुताविक पुरुलिया, बाँकुड़ा औ पश्चिम मेदिनीपुर समेत वरपरका जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने अनि 40-60 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र् हावा चल्ने सम्भावना छ। कतिपय जिल्लाहरूमा गर्मी तथा आद्रतापूर्ण मौसम रहेकोले मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ।

अहिलेघरि राज्यका केही भागहरूमा तापमान बढ़ेर माथि पुगेको छ। विशेष गरी आसनसोल र यस वरिपरीका क्षेत्रहरूमा तापमान बढ़ी रहने जानकारी प्राप्त भएको छ। अर्कोतिर उत्तर बंगालका जिल्लाहरूमा तापमान अपेक्षाकृत कम छ।

मौसम विभागले मानिसहरूलाई अपरान्ह 11 बजेदेखि साँझ 4 बजेबीच चर्को घाममा बाहिर निक्लिनदेखि बच्ने सल्लाह दिएको छ। मौसम वैज्ञानिकहरू अनुसार आगामी केही दिनसम्म राज्यका कतिपय जिल्लाहरूमा गर्मीसँगसँगै बीच-बीचमा हावा-हुन्डरी र वर्षाको सिलसिला जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande