
कोलकाता, 22 अप्रेल (हि.स.)। निर्वाचन आयोगद्वारा जारी बाइकमाथि प्रतिबन्धात्मक निर्देशलाई चुनौती दिँदै कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाइएको छ। न्यायमूर्ति कृष्ण रावले याचिका दर्ता गर्ने अनुमति दिएका छन्। मामिलाको सुनवाई बिहीवार हुने सम्भावना छ।
याचिकाकर्ता पक्षका अधिवक्ताले अदालतमा भने, बाइक उपयोगमाथि लगाइएको प्रतिबन्धबाट आम मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न पर्नेछ।
उल्लेखनीय छ, विधानसभा चुनाउलाई केन्द्र गर्दै निर्वाचन आयोगले मतदान हुन दुई दिनअघि बाइक चलाउनमाथि विभिन्न प्रकारको रोक लगाएको छ। गए मंगलवार जारी अधिसूचनामा भनिएको छ, मतदान हुन दुई दिनअघि कुनै पनि प्रकारको बाइक ऱ्याली गर्ने अनुमति दिइनेछैन।
यस अतिरिक्त साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म बाइक चलाउनमाथि रोक रहनेछ। मतदानको दिन पनि बाइक संचालनको लागि केही नियमहरू पालन गर्नुपर्छ। तथापि केही निर्धारित श्रेणीहरूलाई यस प्रतिबन्धदेखि टाड़ा राखिएको छ।
निर्वाचन आयोगको यसै निर्देशिकालाई अब न्यायालमा चुनौती दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा