नन्दीग्राममा सीआरपीएफले कुटपिट गरेको आरोप, तृणमूलद्वारा चुनाउ आयोगमा सिकायत दर्ता
नन्दीग्राममा सीआरपीएफले कुटपिट गरेको आरोप, तृणमूलद्वारा चुनाउ आयोगमा सिकायत दर्ता


कोलकाता, 22 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउबीच नन्दीग्राममा केन्द्रिय बल सीआरपीएफले ग्रामीणहरूमाथि कुटपिट गरेर भय उत्पन्न गराएको आरोप उठेको छ। तृणमूल कङ्ग्रेसले तस्वीरहरू सहित चुनाउ आयोग समक्ष औपचारिक रूपमा सिकायत दर्ता गराएको छ। पार्टीले आरोप लगाएको छ, सीआरपीएफले भाजपाको इशारामा काम गरिरहेको छ भने भाजपाले केन्द्रिय बललाई आफ्नो राजनीतिक हितको लागि प्रयोग गरिरहेको छ।

बितेको मङ्गलवार नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको विधानसभा क्षेत्र नन्दीग्रामका कतिपय स्थानमा तनाउपूर्ण घटनाहरू घटेको प्रकाशमा आएको छ। विशेष गरी कञ्चनपुर क्षेत्रमा केही ग्रामीणहरूले केन्द्रिय बलका जवानहरूमाथि कुटपिट गरेको आरोप लगाए। यसको विरोधमा स्थानीय महिलाहरूले प्रदर्शन पनि गरे।

खोकन सान्तरा नामक स्थानीय युवकले दाबी गरे, कामको सिलसिलामा हावड़ामा बस्दै आएका खोकन मतदानको लागि घरमा आएका छन्। केही बुझ्न अगावै केन्द्रिय बलका जवानहरूले तिनीमाथि कुटपिट गरे। ग्रामीणहरूको भनाइ छ, यस घटनामा अन्य चारजना मानिसहरू घाइते भएका छन् जसको उपचार नन्दीग्राम सुपर स्पेशियलिटी अस्पतालमा गराइयो।

चुनाउ आयोगलाई पठाइएको पत्रमा तृणमूल कङ्ग्रेसले भनेको छ, 210- नन्दीग्राम क्षेत्रका बासिन्दाहरूविरूद्ध अत्यधिक आपराधिक बल प्रयोग, धम्की तथा कुटपिट गरेको सिकायत सामु आएको छ। पार्टीको आरोप छ, अकारण सर्वसाधारण मानिसहरूमाथि प्रहार गरियो।

तृणमूलले घाइते मानिसहरूको तस्वीर पनि प्रमाणको रूपमा आयोगलाई सुम्पिएको छ। पार्टीको भनाई छ, यो कारबाही अनैतिक मात्र नभएर कानूनविरूद्ध पनि छ। जुन बलहरूमाथि शान्तिपूर्ण तथा निष्पक्ष मतदान गराउने दायित्व सुम्पिइएको छ, उनीहरूबाट यस किसिमको व्यवहार हुने आशा राख्न सकिँदैन।

केन्द्रिय गृह मन्त्रालयको उल्लेख गर्दै तृणमूलले भन्यो, सीआरपीएफ गृह मन्त्रालयको अधिनमा हुन्छ र भाजपाले उसको दुरूपयोग गरिरहेको छ। पार्टीले चुनाउ आयोगसित माग गरेको छ, सीआरपीएफलाई कारण बताऊ नोटिस जारी गरियोस्, आरोपी जवानहरलाई निलम्बन गरियोस् तथा भविषयमा यस्ता घटनाहरूलाई रोक्नका लागि तत्काल कदम उठाइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande