
नगाउँ (असम), 22 अप्रेल (हि.स.)। असमको नगाउँ जिल्ला अन्तर्गत राङ्गलू 11 माइल क्षेत्रमा भएको एक भयानक वाहन दुर्घटनामा परी एकजना साइकल सवारको मृत्यु भयो। घटना अनुसार एउटा द्रूत गतिको 108 एम्बुलेन्सले साइकलाई ठक्कर दियो।
स्थानीय मानिसहरूले आरोप लगाएका छन्, एम्बुलेन्सको चालकले मातेर वाहन हाँकिरहेको थियो। पुलिस सूत्रले आज बतायो, द्रूत गतिमा आइरहेको एम्बुलेन्सले साइकल सवारलाई ठक्कर दियो जसले गर्दा साइकल सवारको घटनास्थलमै मृत्यु भयो।
मृतकको पहिचान उरिया ग्रान्ट टुबुकी निवासी मजिबुर रहमानको रूपमा गरिएको छ। घटनापछि रांगलु पुलिसले घटनास्थलमा पुगेर 108 एम्बुलेनसलाई जफत गऱ्यो। पुलिसले हाल सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा