
नयाँ दिल्ली, 22 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार शालीमार बागको सीए ब्लक क्षेत्रस्थित मुनक नहरको सफाई कार्य एवं निर्माणाधिन छठ घाटको निरीक्षण गरिन्। उनले अधिकारीहरूसित कार्य प्रगतिको विस्तृत जानकारी लिँदै आवश्यक दिशानिर्देश दिइन्।
मुख्यमन्त्रीले अधिकारीहरूलाई स्पष्ट निर्देश दिइन्, नहरको सफाई र छठ घाटको निर्माण कार्यलाई उच्च गुणस्तरीय साथै निर्धारित समय-सीमाभित्रमा पूरा गरियोस् ताकि छठ पूजाको अवसरमा श्रद्धालुहरूलाई कुनै पनि प्रकारको असुविधाको सामना गर्न नपरोस्। उनले भनिन्, धार्मिक एवं सांस्कृतिक आयोजनहरूका लागि आवश्यक आधारभूत सुविधाहरूलाई समयमै तथा व्यवस्थित ढंगमा निर्माण गर्नु सरकारको प्राथमिकता हो जसबाट नागरिकहरूलाई सुरक्षित एवं स्वच्छ वातावरण प्राप्त होस्।
मुख्यमन्त्रीले दोहोऱ्याइन्, दिल्ली सरकार चौबीसै घण्टा तथा सातै दिन धरातलमा सक्रिय रहेर स्वच्छ, हरित एवं सबै मूलभूत सुविधाहरूद्वारा युक्त एक सशक्त एवं विकसित दिल्ली निर्माण गर्न प्रतिबद्ध छ। आधारभूत सुविधाहरूलाई मजबुत बनाउनु, पारदर्शिता सुनिश्चित गर्नु तथा नागरिकहरूको जीवनलाई सुविधा सम्पन्न बनाउनु सरकारको प्राथमिकता हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा