मुख्यमन्त्रीद्वारा शालीमार बागमा वाटर एटीएमको उद्घाटन
मुख्यमन्त्रीद्वारा शालीमार बागमा वाटर एटीएमको उद्घाटन


नयाँ दिल्ली, 22 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार शालीमार बाग विधानसभाको एयू ब्लक, सोम बजार रोड, एए झोपड़ी औ सीए ब्लकमा नयाँ वाटर एटीएमको उद्घाटन गरिन्। यसको साथै मुख्यमन्त्रीले यहाँका नागरिकहरूलाई वाटर एटीएम कार्ड पनि वितरण गरिन्।

यस अवसरमा मुख्यमन्त्रीले भनिन्, आधुनिक 5-स्टेज आरओ तकनिकद्वारा सुसज्जित यो वाटर एटीएमले प्रतिघण्टा 2000 लीटर शुद्ध पिउने पानी उपलब्ध गराउनेछ। यसले मानिसहरूलाई सफा, सुरक्षित र सहज ढंगमा पिउने पानी उपलब्ध गराउनेछ। उनले भनिन्, पानी आपूर्तिलाई अझ सशक्त बनाउन तथा प्रत्येक घरसम्म सफा पानी पुऱ्याउनको लागि सरकारले 9,000 करोड़ रुपियाँको प्रावधान राखेको छ। यो विकसित दिल्ली निर्माणको सशक्त धरातल हो।

मुख्यमन्त्रीले भनिन्, पछिल्लो एक वर्षदेखिको प्रतिदिन दिल्लीका जनताले कुनै न कुनै रूपमा नयाँ उपहार पाइरहेका छन्। उनले भनिन्, देश भयानक गर्मीको समय भएर गुज्रिरहेको छ भने पानीको अभावमा मानिसहरूलाई समस्या भइरहेको थियो जसको समाधानार्थ हामीले दिल्लीमा नयाँ वाटर एटीएम शुरू गरेका छौं। यस किसिमको वाटर एटीएम कार्ड हामीले झोपड़ीमा बस्ने प्रत्येक परिवारलाई दिरहेका छौं। यसबाट उनीहरूले 20 लीटर पानी दिनहुँ आफ्नो घरमा लैजान सक्नेछन्।

यस अवसरमा इण्डियन ओयलका अधिकारी औ स्थानीय प्रतिनिधि सहित स्थानीय नागरिकहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande