
कोलकाता, 22 अप्रेल (हि.स.)। पश्चिम बङ्गालको राजनीतिमा चुनाउलाई लिएर विवाद तथा आरोप-प्रत्यारोपको सिलसिला तीव्र भएको छ। तृणमूल कङ्ग्रेसले फेरि एकपटक चुनाउ आयोगमाथि गम्भीर आरोप लगाएको छ।
पार्टीले प्रश्न उठाएको छ, पुलिस अब्जर्भर सरकारी आवास छोड़ेर सागरिका होटलको कोठामा किन बसेका छन्? बुधवार आयोजित एक पत्रकार वार्तामा तृणमूल कङ्ग्रेसकी वरिष्ठ नेता चन्द्रिमा भट्टाचार्य औ बेलघाटाबाट पार्टीका उम्मेदवार कुणाल घोषले चुनाउ आयोगको भूमिकामाथि चर्को प्रहार गरे।
घोषले एक व्हाट्सएप च्याट तथा भीडियो जारी गर्दै आरोप लगाए, डायमण्ड हार्बरका पुलिस अब्जर्भरको लागि अलिपुरस्थित सरकारी मेसमा बस्ने व्यवस्था गरिएको थियो, तर उनी सागरिका होटलको कोठा नम्बर 208-मा बसेका छन्।
उनीहरूले दाबी गरे, सोही होटलमा मगराहाट (पश्चिम) सीटबाट भाजपा उम्मेदवार गौरा घोष र डायमण्ड हार्बरबाट भाजपा उम्मेदवार दीपक हलदरले आफ्ना एजेन्टहरूसित बैठक गरिसकेका छन्। तृणमूलको आरोप छ, यस बैठकमा चुनाउपूर्व पार्टीका केही सक्रिय नेताहरूको नाम अब्जर्भरलाई सुम्पिइयो ताकि उनीहरूलाई विभिन्न ढङ्गमा सताउन सकियोस्। यो बैठक गत सोमवार राती गुप्त रूपमा भएको थियो।
कुणाल घोषले यो पनि आरोप लगाए, विभिन्न राज्यहरूबाट आएका केही अब्जर्भरहरूले पनि राज्यका मुख्य चुनाउ अधिकारीविरूद्ध अनुचित निर्देश दिएको सिकायत गरिरहेका छन्। उनले भने, हिमाचल प्रदेशबाट आएका आईएएस अधिकारी सी. पलरासुलाई यस विषयमा प्रश्न उठाउँदा उनलाई अब्जर्भरहरूको ग्रुपबाटै हटाइयो। यस मामिलालाई लिएर तृणमूल कङ्ग्रेसका वरिषेठ नेता डेरेक ओ’ब्रायनले मुख्य चुनाउ आयुक्तसित सिकायत पनि गरेका छन्।
यता चन्द्रिमा भट्टाचार्यले चुनाउ आयोगमाथि प्रहार गर्दै भनिन्, जति-जति चुनाउ नजिकिँदै गइरहेको छ उति-उति आयोगले दाँत र नङ देखाइरहेको छ साथै उसका अब्जर्भरहरूले पूर्ण रूपमा पक्षपातपूर्ण व्यवहार गरिरहेका छन्। उनले आरोप लगाइन्, केही अब्जर्भरहरूले भाजपाको पक्षमा दलदास-ले जस्तै काम गरिरहेका छन् भने यसको विरोध गर्नेहरूलाई अपमानित गरेर हटाइँदैछ।
उनले अझ भनिन्, सड़कहरूमा सेना र बख्तरबन्द वाहनहरू उतारिएको छ। यसबाट यस्तो लाग्छ, मानौं अब टाङ्क र लड़ाकु विमान उतार्नु मात्र बाँकी छ। उनले केन्द्रिय गृह मन्त्रीलाई लक्षित गर्दै भनिन्, एकजना महिला मुख्यमन्त्रीलाई सम्मान गर्न नसक्ने व्यक्तिले महिलाहरूको सम्मानको कुरा गर्छन् वा आर्थिक सहयोग दिने वाचा गर्छन्। उनले महिलाहरूसित अपील गर्दै भनिन्, उनीहरू यस्तो वाचाको प्रलोभनमा नफसुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा