
आसनसोल, 22 अप्रेल (हि.स.)। बर्धमान शहरमा आबकारी विभागले गए मङ्गलवार अबेर राति कारबाही गर्दैै अवैध मदिरा भण्डारको भण्डाफोर गरेको छ। यस मामिलामा कसैलाई पक्राउ भने गरिएको छैन।
जिल्ला आबकारी अधीक्षकको नेतृत्वमा गुप्त सूचनाको आधारमा गए मङ्गलवार अबेर राती शहरको एक सुनसान घरमा छापा मारियो। यस कारबाहीमा लगभग 25 लाख रुपियाँ मूल्यको मदिरा जफत गरियो।
प्रारम्भिक जाँचमा आशङ्का व्यक्त गरिँदैछ, यस मदिराको उपयोग चुनाउ अवधि मतदाताहरूलाई प्रभावित पार्न तथा प्रलोभन देखाउनको लागि गरिनुथ्यो। हाल आबकारी विभागले मामिलाको गहन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा