
कोलकाता, 22 अप्रेल (हि.स.)। तृणमूल कंग्रेसकी पूर्व सांसद औ बांग्ला फिल्म जगतकी प्रख्यात अभिनेत्री नुसरत जहाँ बुधवार कोलकातास्थित प्रवर्तन निदेशालय (ईडी)- को कार्यालयमा पेश भइन्। ईडीले उनलाई फ्ल्याट धोकाधड़ी मामिलामा डाकेको थियो। बुधवार बिहान नुसरत जहाँ सल्ट लेक परिसरस्थित ईडीको कार्यालमा पुगिन्। यस अवधि उनीसित अभिनेता यश दासगुप्ता पनि उपस्थित थिए।
अभिनेत्रीलाई सी. जी. ओ. परिसरमा पहिलाबाटै उपस्थित मीडियादेखि बचेको देखियो। उनी कारबाट उत्रेर यशसित सोझै ईडी कार्यालयभित्र प्रवेश गरिन्।
उल्लेखनीय यस्घि ईडीले 2023 सालमा एक फ्ल्याट धोकाधड़ी मामिलामा नुसरतसित जाँचबुझ गरिसकेको छ भने त्यसबेला जाँचकर्ताहरूले अभिनेत्रीसित लगभग 6 घण्टासम्म जाँचबुझ गरेका थिए। यसपूर्व अभिनेत्री नुसरतले आफूविरूद्ध लगाइएका आरोपहरूको खण्डन गरेकी थिइन्। अब फेरि उनलाई जाँचबुझको लागि केन्द्रिय एजेन्सीको कार्यालयमा बोलाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा