
कोलकाता, 22 अप्रेल (हि.स.)। कोलकातामा ‘क्याश अन डिलीभरी’- को नाममा मानिसहरूलाई अनलाइन ठगीको शिकार बनाउँदै आइरहेको एउटा गिरोहको भण्डाफोर भएको छ। कोलकता पुलिसले बुधवार यस मामिलामा 17 जना मानिसहरूलाई पक्राउ गरेको छ जसमा 9 जना महिला सामेल छन्।
पुलिसको साइबर टीमले अनुसन्धानको क्रममा गड़ियाहाट क्षेत्रमा सञ्चालित कल सेन्टरमा छापा माऱ्यो। यहाँबाट 43 वटा मोबाइल फोन, केही सिम कार्ड, ल्यापट र वायरलेस फोन जफत गरियो।
पुलिस अनुसार ठगहरूले यस्ता मानिसहरूलाई शिकार बनाउँथे जसले अनलाइन सामान मगाउँदा ‘क्याश अन डिलीभरी’-को विकल्पलाई अप्नाउँथे। ठगहरूले कुन मानिसले कुन सामान अर्डर गरेको छ भन्ने कुराको जानकारी पहिलाबाटै एकत्र गर्थे अनि पछि आफूलाई डिलीभरी एजेन्ट बताएर ग्राहकहरूलाई फोन गर्थे।
फोनमा उनीहरूले विभिन्न प्रकारको बहाना बनाएर भन्थे, नगदको सट्टा क्यूआर कोड वा अनलाइनबाट पहिला नै पैसा पठाइोस्। जसले उनीहरूले बताए अनुसार पैसा पठाउँथ्यो उ ठगीको शिकार हुन्थ्यो। न त उसले आफूले मगाएको सामान नै पाउँथ्यो। पछि अस्सली डिलीभरी एजेन्ट सामान लिएर आउँदा मानिसहरूलाई आफू ठगिएको भान हुन्थ्यो।
पुलिसको भनाइ छ, ‘क्याश अन डिलीभरी’-मा सामान उपलब्ध छ भने अनलाइन भुक्तान कहिल्यै गर्नु हुँदैन। सामान पाएपछि पैसा दिनु सुरक्षित उपाय हो। हाल पुलिसले यस गिरोहसित सम्बन्धित अन्य मानिसहरूलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा