मणिपुरमा 310 लीटर देशी मदिरासितै एकजना पक्राउ
मणिपुरमा 310 लीटर देशी मदिरासितै एकजना पक्राउ


इम्फाल, 22 अप्रेल (हि.स.)। मणिपुर पुलिसले खोजी अभियान संचालन गरी एकजना व्यक्तिलाई 310 लीटर देशी मदिरासितै पक्राउ गरेको छ। पलिसले जफत गरिएको मदिरासितै आरोपीलाई पनि आवश्यक कारबाहीको लागि आबकारी विभागलाई सुम्पिदिएको छ।

मणिपुर पुलिस मुख्यालयद्वारा बुधवार जारी एक आधिकारिक बयानमा उल्लेख गरिए अनुसार, गए मङ्गलवार मणिपुर पुलिसले इम्फालको मयाङ्ग थोङ्गखोङ्गबाट एण्ड्रो खुनौ लिकाई निवासी चिङ्गाखाम नीलाबीर सिंह (26) लाई पक्राउ गऱ्यो। उसको कब्जाबाट एक लीटरको लगभग 270 लीटर तथा 80 वटा आधा लीटरका बोतल (40 लीटर) देशी मदिरा जफत गरियो। आबकारी विभागले यस मामिलाको अग्रिम कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande