मणिपुरः हिंसक कारबाहीमा लिप्त दुई आरोपी समातिए, दुईजना अग्रवादी पनि पुलिसको पञ्जामा
मणिपुरः हिंसक कारबाहीमा लिप्त दुई आरोपी समातिए, दुईजना अग्रवादी पनि पुलिसको पञ्जामा


इम्फाल, 22 अप्रेल (हि.स.)। मणिपुरमा हिंसा फैलाउने तथा आतङ्कवादी गतिविधिहरूमा लिप्त मानिसहरूलाई पक्राउ गर्नका लागि पुलिसले निरन्तर अभियान सञ्चालन गरिरहेको छ। यसै क्रममा राज्यका विभिन्न भागहरूबाट चारजना मानिसहरूलाई पक्राउ गरिएको छ।

7मणिपुर पुलिस मुख्यालयद्वारा बुधवार जारी आधिकारिक बयानमा उल्लेख गरिए अनुसार बितेको मङ्गलवार मणिपुर पुलिसले टिङ्गरी माखा लेइकाई निवासी दुईजना मानिसहरूलाई पक्राउ गऱ्यो। यी दुवै नै इम्फाल पूर्वी जिल्लाको राष्ट्रिय राजमार्ग -02 (इम्फाल-डिमापुर रोड)-मा कोइरेङ्गेई क्रसिङ्ग क्षेत्रमा टायर बालेर तथा गुलेलीले सुरक्षा बलहरूलाई लक्षित गर्दै हिंसा फैलाएको मामिलामा सामेल रहेको आरोप छ।

दुवै आरोपीको पहिचान थौदम गोजेन्द्रो सिंह र पुखरामबम इमो चिङ्गलेम्बाको रूपमा भएको छ। थौदम गोजेन्द्रो सिंह मणिपुर पुलिसको कर्मी रहेको बताइएको छ। पुलिसले यस मामिलामा आवश्यक कारबाही शुरू गरेको छ।

7यसरी नै गत 20 अप्रेलको दिन सुरक्षा बलहरूले तेङ्गनौपाल जिल्लाको मोरेह थानान्तर्गत टी बोङ्गमोलको सामान्य क्षेत्रबाट दुईजना उग्रवादीहरूलाई पक्राउ गरे जसको पहिचान प्रीपाक-प्रो क्याडर सलाम याइमा मैतेई (19 वर्ष, फौगाकचाओ इखाई, जिल्ला बिष्णुपुर) औ पीएलए क्याडर वाक्रमबम राहुल मैतेई उपनाम मालेमनगङ्बा (18 वर्ष, चाङ्गगेई अवाङ्ग लेइकाई, जिल्ला इम्फाल पश्चिमी) -को रूपमा गरिएको छ।

उल्लेखनीय छ, गए 21 अप्रेलको दिन सुरक्षा बलहरूले विभिन्न जिल्लाका सीमावर्ती औ संवेदनशील क्षेत्रहरूमा खोजी अभियान तथा क्षेत्र प्रभुत्वलाई निरन्तरता दिरहेको देखियो। यसबीच मणिपुरका विभिन्न जिल्ला अधिनस्थ हिमाली तथा उपत्याका क्षेत्रहरूमा 114 नाका/चेक पोइन्ट स्थापितगरिएको थियो भने कानून उल्लंघन गर्ने मानिसहरूलाई पुलिसले हिरासतमा लिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande