
गान्तोक, 22 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले मन्त्री तथा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका सेक्रेटरी जनरल अरुण उप्रेतीलाई जन्मदिनको शुभकामना दिएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा मन्त्री अरुण उप्रेतीलाई जन्मदिनको हार्दिक शुभकामना दिएका छन्। उनले सार्वजनिक सेवाप्रति उनको अटल समर्पणप्रति हार्दिक शुभेच्छा र गहिरो आभार व्यक्त गरेका छन्। उनले मन्त्री उप्रेतीको उत्तम स्वास्थ्य र खुशीको कामना गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल