मुख्यमन्त्रीले विश्व पृथ्वी दिवस २०२६ को शुभकामना दिए
World earth day


गान्तोक, 22 अप्रेल (हि.स.)।मुख्यमन्त्री तप्रेमसिंह तामाङले विश्व पृथ्वी दिवस २०२६ को शुभकामना दिंदै सबै नागरिकहरूलाई हाम्रो ग्रहको संरक्षण गर्ने साझा जिम्मेवारीलाई पुनः पुष्टि गर्न हार्दिक अपील गरेका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा भने,

'यो वर्षको विषय 'हाम्रो शक्ति, हाम्रो ग्रह' ले हामीलाई वास्तविक परिवर्तन हामी प्रत्येकबाट शुरु हुन्छ भन्ने स्मरण गराउँछ। यसले सक्रिय नागरिक सहभागिता, बलियो जलवायु कार्य र दैनिक जीवनमा दिगो आजीविकातर्फ सचेत परिवर्तनको आह्वान गर्दछ। हाम्रा परम्पराहरूले हामीलाई सधैं प्रकृतिसँग सद्भावमा बाँच्न सिकाएका छन्। पृथ्वी, जल, अग्नि, वायु र आकाशप्रति हाम्रो श्रद्धाले हाम्रो गहिरो सांस्कृतिक मूल्यलाई प्रतिबिम्बित गर्दछ। यो शाश्वत ज्ञान आजभन्दा कुनै पनि समयमा बढी सान्दर्भिक छ।'

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वबाट प्रेरित भएर, “एक पेड माँ के नाम” जस्ता पहलहरूले देशभरका लाखौंलाई आफ्नी प्रिय आमाहरूको सम्मानमा रूख रोप्न प्रेरित गरेको बताएका छन्, जसले भावनात्मक सम्बन्धलाई पर्यावरणीय जिम्मेवारीसँग सुन्दर रूपमा जोडेको छ। उनले सिक्किममा 'मेरो रुख, मेरो सन्तति' र “शिशु समृद्धि योजना” जस्ता कार्यक्रमहरू मार्फत यो भावनालाई थप मजबुत बनाउने कार्य गरिएको उल्लेख गरेका छन्।

यसरी नै उनले “मेरो बाटो, मेरो बोट”, “धरती माताका लागि एक दिन”, ग्राम पञ्चायतहरू र शहरी स्थानीय निकायहरूका लागि आकर्षक पुरस्कारहरूको स्थापना जस्ता सरसफाई र पर्यावरणीय पहलहरुको बारेमा पनि जानकारी गराएका छन्। उनले हाम्रो पर्यावरण संरक्षण गर्ने, दिगो अभ्यास अपनाउने र आगामी पुस्ताहरूका लागि हरियो, स्वस्थ भविष्य सुनिश्चित गर्ने संकल्पमा एकजुट बनौं भनी आह्वान पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande