फकिराग्राममा 58औं आञ्चलिक रङ्गाली बिहूको अस्थायी कार्यालयको उद्घाटन
फकिराग्राममा 58औं आञ्चलिक रङ्गाली बिहूको अस्थायी कार्यालयको उद्घाटन


कोकराझार (असम), 22 अप्रेल (हि.स.)। कोकराझार जिल्लान्तर्गत फकिराग्राम क्षेत्रमा 58औं आञ्चलिक रङ्गाली बिहूको आयोजनलाई लिएर गए मङ्गलवार राति अस्थायी कार्यालयको औपचारिक उदघाटन गरियो। फकिराग्राम अफिसर क्लबमा आयोजित कार्यक्रममा आयोजक समितिका सल्लाहकार एवं पूर्व शिक्षक खनिन रायले रिबन काटेर कार्यालयको उद्घाटन गरे।

उद्घाटन समारोहमा फकिराग्राम परिषद क्षेत्रका एमसीएलए एजामुल हक, राष्ट्रपति पुरस्कारद्वारा सम्मानित शिक्षक कृष्ण चन्द्र नाथ तथा परबतझोरा विधानसभा क्षेत्रबाट बीपीएफका प्रत्याशी डा. रेजाउल करिम उपस्थित थिए। यस अतिरिक्त आयोजन समितिका अध्यक्ष आदित्य डेका, सचिव निहार नारायण देव संयुक्त सचिव बिजू नाथ, नजरुल हक, प्रणव शर्मा सहित अन्य सदस्यहरू पनि उपस्थित थिए।

स्मरण गराइन्छ, यस वर्ष फकिराग्राम आञ्चलिक रङ्गाली बिहू समितिले आगामी 1 र 2 मईमा दुई दिवसीय कार्यक्रम अन्तर्गत बिहू उत्सव आयोजना गरिरहेको छ। तथापि यसपालि लोकप्रिय गायक जुबिन गर्गको अनुपस्थितिमा समाारोह आयोजना गरिनेछ। अन्तिम दिनको सांस्कृतिक सन्ध्या कार्यक्रममा प्रसिद्ध गायक देबोजित बोराले आफ्नो प्रस्तुति दिनेछन्।

कार्यालय उद्घाटन भएपछि आयोजित बैठकमा बिहू उत्सवको सफल आयोजनलाई लिएर विभिन्न महत्वपूर्ण मुद्दाहरूमाथि विस्तृत चर्चा गरियो भने आवश्यक तयारीहरूलाई अन्तिम रूप दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande